प्रेम सुनार, गुल्मी २०७५ भदौै २६ । गुल्मीका वरिष्ठ साहित्यकार तथा प्राज्ञिक ब्यक्तित्व शशी पन्थीलाई पत्रकारहरुको एक संगठनले आज सम्मान गरेको छ । नेपाल प्रेस युनियन गुल्मीले आज आफ्नो सातौं जिल्ला अधिवेशनका अवसरमा पन्थीलाई सम्मान गरेको हो ।
रेसुङ्गा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख पन्थीले लामो समय देखि साहित्यको क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन । १७ बर्षको उमेरमा आज भन्दा झण्डै ५० बर्ष अघि उनले तम्घासमा पहिलो पटक किरण पुस्ताकालय स्थापना गरेर हाल सम्म उक्त पुस्ताकालय जिल्ला कै गहनाका रुपमा क्रियाशिल छ ।
सोही पुस्ताकालय मार्फत उनले हाम्रो पुरुषार्थ नामक पाक्षिक पत्रिका चलाउँदै आएका छन । जुन पत्रिका राष्ट्रियस्तर मै क वर्गमा पर्न सफल भएको छ । उनले क्याम्पसमा पढाएका धेरै जना अन्य शहर र ठुला जागिर र ब्यवसायहरु ताकेर हिडे तर उनि आफ्नै जिल्लामा बसेर साहित्य क्षेत्र र अध्यापन पेशामा अनवरत सक्रिय छन ।
उनको योगदानका बारेमा हामीले तिन दिन अघि मात्र समाचार सम्प्रेषण गरे लगत्तै प्रेस युनियन सहित धेरै संघ संस्थाले उनको योगदानको कदर गर्ने सोच बनाएका छन । उनले रेडक्रश सोसाईटीको क्षेत्रमा पनि निरन्तर सक्रिय रहेर मानव उद्धारमा अतुलनीय योगदान पुराउँदै आएका छन ।
उनि सोसाईटीका पुर्व केन्द्रिय उपाध्यक्ष र वर्तमान केन्द्रिय सदस्य हुन । उनि २०३० साल देखि सो संस्थामा आवद्ध छन । उनको घर तम्घास कै धागीथुममा पर्छ । अध्यात्मिक स्वभावका उनि राजनीतिमा कम सक्रिय र समाज सेवामा बढि चासो दिन्छन । उनि संगै प्रेस युनियनले सोही संगठनका पत्रकार जनार्दन घिमिरेलाई उत्कृष्ट पत्रकारका रुपमा सम्मान गरेको छ ।
पाल्पाबाट प्रकाशित जनचेतना दैकिका प्रधान सम्पादक जगदिश भट्टराईले स्थापना गरेको ग्रामिण जनचेतना पुरस्कार पत्रकार होमत्यागी (भण्डारी ) ले प्राप्त गरेका छन । रामप्रसाद पन्थीका पिताको स्मृति पुरस्कार सञ्चारकर्मी मनु सुनारलाई प्रेस युनियनले दिएको छ । उनिहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सांसद चन्द्र भण्डारीको हातबाट पुरस्कृत र सम्मानित गराईएको थियो ।