Sorry, that menu does not exist.
 

कालीगंगा उर्लेर आयो, साँझको बेला किनारबासीको होसै उडायो ….
मुस्ताङको लेते र म्याग्दीको कुईने मंगलेमा बाढी पहिरोबाट ठुलो क्षती भएको आशंका !

बागलुङ २०७५ भदौ २७ । हिन्दु नारीहरुको महानचाड हरितालिका तीज मनाईरहँदा कालीगंगामा पानीको बहाव उच्च भएपछी केहि समय मुस्ताङ, म्याग्दी, बागलुङ तथा पर्वतका नदी किनारका बस्तीहरु त्राहिमाम् बने ।

साँझको समयमा एक्कासी कालीगंगामा पानीको वहाव बढेर ठुला ठुला रुखहरु सहितको गडगडाहटले नदीकिनारमा बसोबास गर्नेहरुमा केहि समय भागाभागको अवस्था आएको प्रत्यक्षदर्शीले बताए ।

मुस्ताङ जिल्लाको लेतेमा कालीमा आएको बाढीमा सामुदायिक भवन र केहि व्यक्तिका घरहरु बगाएको सुनिएको छ भने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीका अनुसार कुईने मंगलेमा पहिरो गएर स्थानीय विद्यालय समेत बगाएको छ भने ठुलै पहिरो जाँदा जंगल बगाएको आशंका गरिएको छ । रहुगंगामा आयको बढीले रहुगंगाको मोटरेबल पुल र बेनी बजारको कालीको पुल समेतलाई केहि समय उच्च जोखिममा पारेपनि अहिले पानीको बहाव घटेपछी पुलहरु खतरा मुक्त रहेको प्रजिअ अधिकारीको भनाई छ । काली किनारमा बेनी बजार संरक्षणका लागि निर्माणाधीन ५० मिटर तटबन्ध बाढीले बगाएको छ ।

पर्वत र बागलुङ सीमानामा रहेका मालढुंगाको बस्ती साँझ तिर भागाभाग अवस्थामा रहेको बताउदै प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले कालीगंगामा पानीको सतह घट्दै गएपछी स्थानीयवासी कालीले बगाएर ल्याएका काठहरु छोप्न झुम्मिएको बताए ।

कालीगंगा उर्लिएर आएको जानकारी पाउदा साथै बागलुङ जिल्लाका प्रजिअ खरेल तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मी, पर्वत जिल्लाका प्रजिअ गरुदत्त ढकाल, जिप्रका पर्वतका प्रहरी नायब उपरीक्षक सहितको टोली मालढुँगाको अवस्था बुझेर केहि समय पहिले फर्किएको श्रोतले बतायो । सन्ध्याकालमा आएको बाढीले कहाँ के कति क्षती पुराएको छ, त्यस्को एकीन जानकारी लिन भोलि सम्म प्रतिक्षा गर्नु पर्ने श्रोतले बतायो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply