Sorry, that menu does not exist.
 

नारायणस्थानमा तीज मेला सम्पन्न : तीज मेलाले बलेवालीबीच आपसी सद्भाव र भाईचारामा बृद्धि

निर्मल पौडेल, बागलुङ २०७५ भदौ २८ । बागलुङ नगरपालिका १४ नारायणस्थानमा ऐतिहासिक तीज मेला संगै खुल्ला तीज गीत प्रतियोगिता सहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नारायणस्थान सामाजिक सेवा समाजले कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी समाजसेवी राधा पौडेलले चाडपर्वहरु नेपालीहरुका अमुल्य सम्पती भएको भन्दै जोगाइराख्नुपर्नेमा जोड दिईन् । पौडेलले यस एतिहासिक मेलाले वलेवाली स्थानियमा आपसी सद्भाव र भाईचारालाई मजवुत वनाएको वताईन् ।

कार्यक्रममा खुल्ला तीज गीत प्रतियोगितामा दश टिम सहभागी मध्य ज्ञानज्योती इङ्लिस वोर्डिङ स्कुल प्रथम, गणेश माविको समुह व्दितिय, दृष्टिविहीन महेश शर्माको समुह तृतिय र त्रिभुवन मा.वि.पैयुँपाटा तृतिय भएका छन् । प्रथम व्दितिय र तृतिय हुनेले क्रमशः नगद रु १५ हजार र प्रमाणपत्र १२ हजार र प्रमाणपत्र,९ हजार र प्रमाणपत्र त्यस्तै सान्वना हुनेले रु ५ हजार र प्रमाणपत्र हात पारेका छन् । उत्कृष्ठ नृत्यमा गणेश माविले नगद रु १५ सहित प्रमाणपत्र हात पारेको छ । पुरुष सर्टफूड प्रतियोगिता समेत सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका लोक तथा दोहोरी गायक शिव अखेली, पुर्ण परियार, सीता परियार नकुल ढकालको सांगीतक प्रस्तुति र धौलागिरीका चर्चित हाँस्यकलाकार निर्मल पौडेल एन.पि. घायलको विषेश हाँस्य प्रहशन रहेको थियो । कार्यक्रममा वा.न.पा १४ का अध्यक्ष चक्रवहादुर खत्री, नगर समिति सदस्य पुष्पा खत्री त्यस्तै अन्य प्रतिनिधि अतिथिहरुमा प्रहरी चौकी नारायण स्थानका प्रमुख राम गोपाल पाठक, ने.क.पा.का तर्फवाट महेन्द्र शर्मा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ, राप्रापाका क्षेत्रनाथ पौडेल ,राष्ट्रिय जनमोर्चाका राम वहादुर खड्का, साना किसान सहकारीका अध्यक्ष नरवहादुर खत्री, वलेवा वचत तथा ऋण सहकारीका अध्यक्ष गण्डकी क्याम्पसका प्रमुख दिपेन्द्र खड्का, नारायणस्थान पशु स्वास्थ्यका प्रमुख लोकनाथ पौडेल, उपस्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्मा, प्रवास मुल समितिका प्रतिनिधि राम वहादुर जि.सी. लगायत अन्य,वुद्धिजीवी, पत्राकार शिक्षक लगायत अन्य दर्शकहरुको उपस्थिति रहेको थियो ।

तीजगीत सांस्कृतिक कार्यक्रमका संयोजक कमल जिसीको अध्यक्षता समाजसेवी राधा पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुरेन्द्र आचार्य र कार्यक्रमको सञ्चालन वलेवा सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले गरेको आर्थिक संयोजक नरेश शर्मा पौडेलले जानकारी दिए ।

कार्यक्रममा वलेवामा जन्मेर लोकगीत संगीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै गीतकार शिव अखेली, पुर्ण परियार र नकुल ढकाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमलाई सफल वनाउन देश तथा विदेशमा रहेका सहयोगी मनहरुले सहयोग गरेको आयोजकले वताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply