जिल्ला प्रशासन कार्यालयमा छिटो छरितो सेवा प्रवाहमा देखिएको परिवर्तनको प्रशंसा !
बागलुङ २०७५ भदौ २८ । राष्ट्रिय सभा सदस्य एवं पूर्व मन्त्री दीनानाथ शर्माले संघीय संरचना कार्यान्वयन गर्ने क्रममा हाल देखिएका परिवर्तनहरु प्रति धैर्यपूर्वक नआत्तिकन कार्यान्वयन गर्दै जानु पर्ने बताउदै केहि समय पश्चात समस्याहरु स्वत समाधान हुने बताए ।
पूर्वमन्त्री शर्मा आज जिल्ला प्रशासन कार्यालय बागलुङमा आयोजित बागलुङ जिल्लाका कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
राष्ट्रिय सभा सदस्य शर्माले पछिल्लो समय जिल्ला प्रशासन कार्यालय बागलुङ देखिएको परिवर्तनको चर्चा गर्दै कार्यालयबाट भएको छिटो छरितो सेवाप्रवाहको प्रशंसा गरे । उनले यसलाई निरन्तरा दिन पनि आग्रह गरे ।
सो अवसरमा गण्डकी प्रदेश सभासदस्य व्दय ईन्द्रलाल सापकोटा तथा दिलमायाँ रोका (दिपा)ले पनि मन्तव्य व्यक्त गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्लाका सबै सरकारी कार्यालयका प्रमुखहरुले संघीय संरचना कार्यान्वयन गर्ने सम्वन्धमा भएका परिवर्तनहरु, नागरिकहरुलाई सेवा प्रवाहको अवस्था, जिल्ला स्थित विकास निर्माणको अवस्थाको वारेमा जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रम प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको थियो भने प्रशासकीय अधिकृत केशव लामिछानेले स्वागत र सूचना अधिकारी धिरेन्द्र पन्तले कार्यक्रम सन्चालन गरेका थिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।