बागलुङ, २०७५ भदौ ३० । मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे (ठुलो भ-याङ)मा भीषण पहिरो खसेर बडीगाड खोला थुनिएपछी त्यस देखी तलको भाग भिङगिठे बजार, खाल बजार, खारबजार र खर्बाङ बजार देखी रुद्रबेणी सम्मकाते तटीय भाग जोखिममा परेको छ ।
खर्बाङबाट सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार खर्बाङ बजारका सबै मानिसहरु अहिले जाग्राम अवस्थामा रहेका छन् सम्भावित खतराबाट सचेत हुन स्थानीवासीलाई सचेत बनाई रहेका छन् ।
खर्वाङ बजार जहाँका बासिन्द यतिबेला जाग्राम अवस्थामाका छन् ।
पौडेलका अनुसार अहिले प्रहरी र स्थाखर्वाङ बजार जहाँका बासिन्द यतिबेला जाग्राम अवस्थामाका छन् । पौडेलका अनुसार अहिनीयबासी बडीगाड खोला किनारका बस्तीहरुलाई सुरक्षित स्थानमा जान अनुरोध गरिरहेका छन । स्मरणीयछ, ठुलो भयाङमा (तुरतुरे) मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्न भनी भदौ २३ गते देखी ३१ गते मसान्त सम्म विहान ७ बजे देखी साँझ ४ बजे सम्म लोकमार्ग बन्द गरी निर्माण कार्य भैरहेको छ ।
घटनास्थलबाट सहकर्मी बिमल खड्काने दिएको जानकारी अनुसार शुक्रवार दिउसो देखी नै तुरतुरेमा अलिअलि पहिरो बगिरहेको थियो राति ११ बजेको समयमा एक्कासी भीषण पहिरो खसेर बडीगाड खोला थुनिएको अवस्था छ । मध्यपहाडी लोकमागै अवरुद्ध छ, यात्रुहरु र तटीय किनारमा मानिसहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा प्रहरी लागेको अवस्था छ ।
्स्थानीयका अनुसार तुरतुरे (ठुलो भ-याङ)मा लोकमार्ग स्तरोन्नति गर्ने क्रममा यो पहिरो गएको हो ।
यहाँ दिईएको तस्वीर डेढ महिना पहिले बुर्तिवाङ खल्तुबोट नजिक गएको पहिरोको तस्वीर हो ।
थप विवरण आउन बाँकी …