Sorry, that menu does not exist.
 

सांसद पाैडेलव्दारा तुरतुरेकाे पहिरोले पु-याएकाे क्षाेतीका सम्वन्धमा संसदमा जानकारी

बिमल खड्का बागलुङ २०७५ भदाै ३० । नेपाल कमन्युिष्ठ पाटी (नेकपा) स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्र पाैडेलले ढाेरपाटन र बडिगाडकाे सिमाना पहिराेकाे बिषयमा संसदमा जानकारी गराएका छन् ।

संसदमा शनिबार बिशेष समय लिएर बाेल्दै, पाैडेलले तुरतुरे भिरकाे पहिरोले बडिगाड खाेला थुनिएर भएकाे क्षतिकाे बिषयमा सरकारकाे ध्यानाकर्षण गराएका हुन् । सांसद पाैडेलले घटनाका बिषयमा दु:ख व्यक्त गर्दै पीडितकाे पहिचान गरि अावश्यक राहतका लागि सरकारले तत्काललै व्यवस्था गर्नुपर्ने बताएका छन् ।

अहिले पनि सम्भावित दुर्घटनाकाे जाेखिम छ त्यहाका जनता निकै त्रसितमा छन् , पाैडेलले भने, त्यहा पशुचाैपयापनि परेका छन् कतिकाे घर गाेठनै डुबानमा परेकाे छ । अझै खतरामुक्त भएकाे छैन् । त्यसैले सरकारकाे गम्भीर रुपमा त्यसतर्फ ध्यान जाअाेस् ।

अझैपनि पुर्णरुपमा त्यसस्थानका जनता सुरक्षित छैनन् सुरक्षाका लागि सरकारले सबै संयन्त्र तयारी अवस्था राख्नुपर्दछ पाैडेलले भने। पाैडेल बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

साेहि स्थानमा अाज बिहान प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलकाे टाेलीलले पनि स्थलगत अवलोकन गरिसकेकाे छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply