सुमन जीसी, बागलुङ, २०७५ भदौ ३० । सधै फरक कामहरु गरी सहकारी अभियानमाआफ्नो छुट्टै पहिचान बनाईरहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्थालि. बागलुङले शनिवार देखि आफ्नो केन्द्रिय कार्यालय बागलुङ बजार मार्फत प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको छ ।
सहकारीले सदस्यहरुको आवश्यकता र चाहानाई मध्येनजर गर्दै र आफ्ना सेवाहरुलाई विस्तार गर्ने क्रममा केन्द्रिय कार्यालयबाट प्रभातकालीन काउण्टर सेवा सञ्चालनमा ल्याएको हो । सहकारीले यस पूर्व नै ३६५ दिने काउण्टर सेवा सञ्चालनमा ल्याइरहेको छ । संस्थाकाअनुसार प्रभातकालीन काउण्टर सेवाआईतावारदेखि शुक्रवारसम्म (विदाको दिनवाहेक विहान ७ बजेबाट सुरुवात हुनेछ । सदस्यहरुलाई यस सेवा अन्तर्गत बचत संकलन र चेकको भुक्तानी सेवा प्राप्त गर्नेछन् ।
संस्थाले दिएको जानकारी अनुसार हाललाई केन्द्रिय कार्यालयबाट सुरु भएको काउण्टर सेवा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर आगामी दिनमा संस्थाका सदस्य सेवा केन्द्रहरुमा समेत सञ्चालनमा ल्याईने जनाएको छ ।
संस्थाको यहि भदौ १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णय सार्वजनीकीकरण कार्यक्रमको अवसर पारी आयोजना गरिएको विहानी सेवाको उद्घाटन संस्थाका अध्यक्ष चण्डिप्रसादशर्मा पौडेल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामवहादुर जि.सी र जिल्ला सहकारी संघ लि. बागलुङका अध्यक्ष दिपक गौतमले संयूक्त रुपमा रिवन काटेर गरेका थिऐ भने विहानी सेवा सुभारम्भ पश्चात निर्णय सार्वजनीकीकरण कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका प्रमुख एवं संस्थाका शेयर सदस्य ईन्द्रराज पौडेलले गरेका थिए ।
संस्थाका ८ वटा सदस्य सेवाकेन्द्रबाट साधारण सभामा निर्णय प्रमाणितका लागि छनौट भएका ५÷५ जना शेयर सदस्यहरु, सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमतिका पदाधिकारी सदस्यहरु , संस्थाका केन्द्य्रिय सञ्चालक र कर्मचारीहरु उपस्थित रहेको कार्यक्रम संस्थाका अध्यक्ष पौडेलको अध्यक्ष उपाध्यक्ष गितादेवी रेग्मीको स्वागत र सचिव रामवहादुर के.सीको सञ्चालनमा सम्पन्न भएको थियो ।