शव्द/चित्र : शेखर थापा
बागलुङ (बरेङ) २०७५ भदौ ३१ । गीत संगीत भनेपछी बालबालिका, केटाकेटी, युवायुवती बृद्धबृद्धा हुरुक्कै हुने गर्छन् । कुनै विद्यालय, संघसंस्थाहरुको वार्षिकोत्सव होस् या कुनै महोत्सव त्यस्मा साँगीतिक प्रस्तुति समावेश गरिएन भनेत नून नहालेको तीउन भनौँ या कार्यक्रम नै बेस्वादको मानिन्छ ।
प्रस्तुत तस्वीरमा गायक स्टेजमा उभिएर गीत गाउदै छन, पानी झमझम परिरहेको छ, सबै श्रोता दर्शकहरुले छाता ओढेर कार्यक्रमको मज्जा उठाई रहेका छन् । छाताबाट झरेको पानीले एकार्कालाई रुझाई रहेकोछ तर संगीत मोहले पानीको कसैलाई प्रवाह छैन । उनिहरु रुझी रहेका छन् तर एकाग्र भएर सम्पूर्ण ध्यान गायक र गायन प्रति नै केन्द्रित बनेको छ ।
यो तस्वीर सामुदायिक रेडियो बिहानी बरेङ बागलुङले “पुराना पुस्तालाई सम्मान गर्दै नायाँलाई प्रोत्साहन, लुकेर रहेका प्रतिभाको खोजी गर्ने हाम्रो अभियान” मुख्य नारा तय गर्दै यस बर्ष आयोजना गरेको ‘अनलाईन तीज कम्पिटिसन २०७५’ को हो । हरितालिका तीजको अबसर पारेर आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट ६ मा पर्न सफल प्रतिस्पर्धीहरुलाई स्टेजमा लाईभ प्रतिस्पर्धामा उतार्दै सम्पन्न भएको थियो । उत्कृट ६ मा पर्न सफल प्रतिष्पर्धीहरुको निकै उच्च प्रतिष्पर्धामा घम्साघम्सी चलेको थियो, जसले हजारौ दर्शकहरुलाई रोमाञ्चकता प्रदान गरेको थियो ।
‘अनलाईन तीज कम्पिटिसन’ सामुदायिक रेडियो बिहानीले २०७३ साल देखि प्रत्यक बर्ष सञ्चालन गर्दै आएको छ । यस बर्षको कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।