Sorry, that menu does not exist.
 

विहुँकोटमा सन्चालित ऐतिहासिक तीजमेलामा दर्शकको भीडले प्रहरीलाई हम्मे हम्मे !

नविन सुवेदी वागलुङ २०७५ भदौ ३१ । हरितालिको तीज र ऋषिपञ्चमीको अवसरमा काठेखोला ५ विहुँकोटमा ऐतिहासिक तीज मेला सञ्चालन भईरहेको छ । सिर्जना सांस्कृतिक परिवार विहुँ जुकेपानी छैटौँ वार्षिकोत्सवको अवसरमा भदौ २७ गतेदेखी असोज १ गतेसम्म लाग्ने मेलामा तेस्रो दिन विविध खेलकुद संगै सांस्कृतिक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

तेस्रो दिन खुल्ला पुरुष भलिवल प्रतियोगिताका पहिलो चरणका खेलहरु भएका हुन् । मेलामा मुख्य आर्कषकको रुपमा हेरिएको खेलमा २९ टिमको सहभागिता रहेको छ । करिव ४० टिमले प्रतिस्पर्धा गर्ने खेल संयोजक खिम विकले वताए ।

त्यस्तै कार्यक्रममा हरेक दिन स्थानिय तथा राष्टिय स्तरका चर्चित कलाकारहरुको साथमा वेजोड सांस्कृतिक कार्यक्रम पनि भईरहेका छन् । मेलाको तेस्रो दिन गायक तथा सर्जक सज्जन कुमार सिंह र हरि सुनारको विषेश सांस्कृतिक प्रस्तुती संगै लथालिङ्गका चर्चित हाँस्यकलाकार निर्मल पौडेल एनपि घायल र भुमि सुवेदीको विषेश हाँस्य प्रहसन रहेको थियो ।

पञ्चेवाजा वजाएर अतिथी स्वागत गरिएको कार्यक्रममा दर्शकहरुको ठेलमठेल घुईचो लाग्दा प्रहरीलाई समेत कलाकार जोगाउन हम्मेहम्मे भएको क्लवका अध्यक्ष जंग विकले वताए । सम्पुर्ण युवा जगतको सम्मान गरौँ नेपाली कला संस्कृति र खेलकुदको विकास गरौँ भन्ने मुल नाराका साथ सञ्चालन भएको कार्यक्रममा एकल नृत्य प्रतियोगिता, मेच घुमाई, लठ्ठो तान्ने र घैँटो फोर लगायतका मनोरञ्जनात्मक कार्यक्रम रहेको आयोजकले वताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply