Sorry, that menu does not exist.
 

पहिरो पीडित परिवारलाई राजमोव्दारा राहत वितरण, स्थानियव्दारा ताल खुलाउन आग्रह !

छविलाल पाण्डे, बागलुङ २०७५ भदौ ३१ । तुरतुरेको पहिरोका कारण ठुला—ठुला चट्यान नदी किनारमा रहेका कारण पानीको बहाब ओभरफ्लो भएर बगेपनी तालको गहिराई भने धेरै रहेको छ । पानीको सहत तालको रुपमा जमेका कारण ढोरपाटन नगरपालिका २ सिमलचौरका देविराम कुमालको तिनतले घर र एकगोठ पुर्ण रुपमा डुवाएको छ । त्यस्तै नजिकै रहेको कुष्ण कुमालको घर र एक पोल्टि र्फम , चुडाबहादुर कुमालको २ गोठ दुवानमा पर्नुका साथै गोठमा रहेका ३ वटा गोरु दुवानमा परेर मरेका छन् ।

त्यस्तै दुर्गा बहादुर कुमाल एक गोठ दुवानमा परेको हो । त्यसैगरी उनिहरु सहित नेत्र बहादुर कुमाल, विकास कुमाल, दिपक कुमाल, भानसिंह कुमाल, भुवनसिंह कुमाल, जगत कुमाल, डम्बर बहादुर खत्रि, लोकबहादुर खत्रिको धान खेत र बारी गरी सयौँ रोपनी जग्गा दुवानमा परेको हो । त्यस्तै वडीगाड कृर्षि सहकारीद्धारा सञ्चालीत ४ लाख ५० हजार लागत बराबरको बर्षा पम्प बगाएको छ । घर दुवानमा परेको परिवार छिमेकीको आश्रय लिएर बस्न बाध्य भएका छन् ।

यसैवीच आईतबार राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमिती बागलुङको तर्फदेखि पीडित परिवारको घरमै पुगेर राहत हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पीडितलाई दुखको समयमा केहि भएपनी राहत होस भन्ने उद्देश्यले आफुहरुले राहत उपलब्ध गराएको राष्ट्रिय जनमोर्चा जिल्ला कार्य समिती सदस्य गौरीश्वर पाण्डेले ईबागलुँङलाई बताए ।

पार्टीले घर डुवानमा परेका देविराम कुमाल र कुष्ण कुमालको परिवारलाई नगद रु ५÷५ हजारका दरले र गोठ दुवानमा परेका चुडाबहादुर कुमाल दुर्गा बहादुर कुमालका परिवारलाई नगद रु ३÷३ हजार रुपैयाका दरले राहत हस्तान्तरण गरिएको थियो । त्यस्तै राजमोबाट निर्वाचित ढोरपाटन नगरपािलका वडा नँ २ का वडा अध्यक्ष युवराज महतले आफनो व्यातिmगत तर्फदेखि घर डुवान परेका दुई परिवारलाई नगद रु ४÷४ हजार र गोठ डुवानमा परेका परिवारलाई नगद रु २÷२हजार रुपैयाका दरले राहत उपलब्ध गराएका छन् ।

आायेजित जिल्ला सदस्य गौरीश्व पाण्डे, दुर्गादेवि घर्ति, वडा अध्यक्ष युवराज महत, वडा सदस्यहरु प्रेम चालीसे, तमबहादुर घर्ति, जमुना खनाल, स्थानिय दिलबहादुर कुमाल, अनबहादुर थापा पत्रकार स्थानिय बासि लगाएतको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष युवराज महतले बोल्दै पानीकोे ताल घटाउनका निम्ती सम्बन्धित निकायमा पहल गर्ने बताउंदै नगरपालिकाबाट पीडित परिवारलाई राहतको व्यवस्थापनका निम्ती तत्काल छलफल गरेर आफुहरु पीडितको घरमा पुन आउने प्रतिवद्धता जनाए ।

त्यस्तै जिल्ला सदस्य दुर्गादेवि घर्तिले बोल्दै पिडितको दुखमा मलम लगाउन राष्ट्रिय जनमोर्चा अग्रसर रहेको बताउँदै पिडित जनताको व्यवस्थापनमा निम्ती स्थानिय सरकारले तत्काल कदम उठाउनु पर्ने बताउनु भयो । आयोजित कार्यक्रम वडा सदस्य प्रेम चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply