Sorry, that menu does not exist.
 

मिठाई व्यवसायी एवं सरोकालाहरुवीच अन्तरक्रिया सम्पन्न, स्वस्थकर मिठाई उत्पादन गर्न निर्देशन !

बागलुङ २०७५ भदौ ३१ । नेपालीहरुको महान चाड विजया दशमी, तिहार एवं छठ पर्वलाई मध्यनजर गरी आज जिल्ला प्रशासन कार्यालय बागलुङमा मिठाई व्यवसायीहरु र सरोकारवालाहरुवीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको अन्तरक्रियामा धौलागिरी अन्चल अस्पतालका मेडिकल सुपरिटेँडेन्ट डा सागर राजभण्डारी, मिष्टान्न व्यवसायी संघका अध्यक्ष टिकाराम सापकोटा, उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका महासचिव दयाराम पौडेल लगायतले मन्तव्य दिएका थिए ।

्सो अवसरमा प्रजिअ खरेलले मिठाई व्यवसायीहरुलाई मानव स्वास्थ्य प्रति गम्भीर बनेर मिठाई व्यवसायीहरुले स्वस्थकर पदार्थ प्रयोग गरी मिठाई उत्पादन गरी बिक्री वितरण गर्न निर्देशन दिएका थिए ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालयका निरीक्षण अधिकृत एवं प्रशासकीय अधिकृत केशव लामिछानेले खाद्य ऐन र उपभोक्ता हकहित सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सन्चालन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी धिरेन्द्र पन्तले गरेका थिए ।

आजको छलफलमा नजिकिदै आईरहेका दशैँ, तिहार, छठ जस्ता चाड पर्वहरुलाई मध्यनजर गरी मिठाई व्यवसायी लगायत सरोकारवालावीच स्वस्थकर मिठाई उत्पादन विक्री वितरण र उपभोक्ताका सम्वन्धमा छलफल अन्तक्र्रिया सम्पन्न भयो । सो सम्वन्धमा मिठाई बनाउदा प्रयोग हुने पानी, पिठो, तेल, खाद्य रंग जस्ता खाद्यबस्तु । पदार्थ प्रयोग गर्दा विशेष ध्यान पुराउने, मिठाई जन्य खाद्यबस्तु उत्पादन विक्री वितरण गर्दा मानव स्वास्थ्यलाई ख्यालमा राखी मिठाईजन्य बस्तु निर्माण र विक्री वितरण गर्न सबै मिठाई व्यवसायीहरु प्रतिवद्ध हुने । साथै नियमनकारी निकायले सो गरे नगरेको नियमित अनुगमन गर्ने निर्णय गरेको छ ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply