कविता घर्तीमगर, पोखरा २०७५ असोज १ । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ गण्डकी प्रदेश संघ गठन गरिएको छ । साविकको पश्मिाञ्चल तेक्वान्दो महासंघ विघटन गरि नयाँ संघिय प्रदेश संरचना अनुसार नवलपरासीको दाउन्नेमा उक्त समिति गठन गरिएको हो । साविकको पश्चिमाञ्चल तेक्वान्दो संघका अध्यक्ष तथा संयोजक प्रकाश थापाको अध्यक्षता र नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका वरिष्ठ केन्द्रिय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ क्षेष्ठको प्रमुख आथित्यतामा सम्पन्न उक्त संघमा पुनःप्रकाश थापामगर कै नेतृत्वमा ४ बर्षे कार्यकालका लागी १३ सदस्यीय नयाँ कार्यसमिती गठन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा अंकबहादुर घर्तीमगर(स्याजाङ),उपाध्यक्षमा बसन्ती बुढामगर (बाग्लङ),सचिवमा आकाशचन्द्र घर्तीमगर(बाग्लुङ),कोषाध्यक्षमा विरवल कुवँर (नवलपरासी ) तथा सदस्यहरुमा सुरजजंग राणा (कास्की),गंगाराज हिमाली (लमजुङ), उत्तम थापा(तनह), मसिना तामाङ (कास्की), किरण महत(बागलङु), कृष्ण गुरुङ (कास्की),राजन रसाईली(स्याङ्जा), शक्तिराज विक(लम्जुङ)चयन गरिएको छ ।
साथै संघको प्रदेश प्रमुख प्रशिक्षकमा अंकबहादुर घर्तीमगर(स्याङ्जा ),टुर्नामेन्ट डाईरेक्टरमा दिनेश बुढामगर(बागलुङ) र अनुशासन विभाग प्रमुखमा निरज गुरुङ (तनहुँ)चयन भएका छन् । संघको संरक्षकमा नेपाल अन्तराष्यि तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमाला साथै सल्लाहकारमा खड्क बहादुर रानाभाट, राजकुमार थापा, कृष्ण बहादुर बलाल, अन्जुनाथ श्रेष्ठ, सम्पन्न श्रेष्ठ, लिला बहादुर थापामगर, राजु खड्का, सन्तोष सुवेदी, योगिता सहानी लगायत चयन गरिएको छ ।