इन्द्रमणी पाण्डे, बागलुङ २०७५ असाेज २ । अखिल (छैठौँ) को एतिहासिक २३ अाै जिल्ला सम्मेलनको तयारी अन्तर्गत नगरपालिका तथा गाऊपालिकामा बिभिन्न बिधालयहरूमा सङ्गठन निर्माण तथा परिचालन तिब्र पारिएको अखिल (छैठौँ ) बागलुङले जनाएको छ । यसै अन्तर्गत साेमबार निसीखोला गाऊपालिकाको प्रथम भेला सम्पन्न भएको छ
अखिल (छैठौँ) प्रभा मा बी का अध्यक्ष मोहन चन्द्रको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अतिथि यूनियनका राष्ट्रिय परिषद सदस्य इन्द्रमणी पाण्डेले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा प्रमूख अतिथि पाण्डेले बिधार्थीहरू समाजको चलायमान बर्ग भएको भन्दै सचेत भएर अखिल( छैठौँ) को झणडा मुनी गोलबन्द हून अनुरोध गरे । पाण्डेले निसीखोला गाऊपालिकामा केही बिधालयमा किथत शान्ति क्षेत्र घोषणा गर्दै बिधार्थीहरूलाई राजनीती बाट बन्चित बनाऊन खोजेको भन्दै त्यसको बिरूद अखिल( छैठौँ) आबश्यक परे कानुनी लडाईको साथै ध्वंसात्मक आन्दोलन गर्न तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा निसीखोला गाऊपालिका अध्यक्ष थम्मन घर्ती मगर शिक्षकको तर्फबाट भूमिराज आचार्य अखिल( छैठौ) ढोरपाटन नगरपालिका सदस्य बिमल खरेल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
घनश्याम कडेलको सन्चालन र दिपा गिरीको स्वागत मन्तव्यबाट सूरू भएको भेलाले मोहन चन्द्रको अध्यक्षतामा २ बैकल्पिक सहित १७ सदस्यीय अखिल( छैठौ ) निसीखोला गाऊपालिकाको गठन गरेको छ । जसमा उपाध्याय झलक घर्ती मगर सचिब घनश्याम कडेल सहसचिव दिपिका गिरी कोषाध्यक्षमा संगिता चन्द रहेका छन्। यस्तै सदस्यहरूमा सूरज घर्ती बिनिता शाही कमल हमाल नबराज कडेल टिका चन्द ज्ञान ब रेग्मी सूरज गिरी जिबन खत्री बैकल्पिक सदस्य मनकुमारी गिरी र लोकेश्वर सापकोटा रहेका छन ।