कमल राना, गल्काेट (बागलुङ) २०७५ असाेज २ । नेकपा ( मसाल)काे साहयक संगठन अखिल नेपाल युवक संघले संगठन बिस्तारकाे गतिलाई तिब्र रूप दिदै बागलुङकाे गल्काेट नगरपालिकाका विभिन्न वडाहरूमा वडा भेलाहरू सम्पन्न गरेकाे छ।
“लागाैं युवा, जागाैं युवा” भन्ने नाराका साथ युवक संघले स्थानीय तहकाे अधिकार र बिकास बजेट बृद्वि गर , महंगी भष्ट्रचार र कालाेबजारी नियन्त्रण गर भन्ने उदघाेष साथ युवालाई सामाजिक न्यायकाे पक्षमा अग्रसर गराउदै राष्ट्रियता जनतन्त्र र जनजिबिकाकाे सवालमा युवाहरूले विशेष भुमिका खेल्न सकुन भन्ने धेयका साथ संगठन बिस्तारलाई अगाडि बढाईएकाे युवक संघ गाेल्काेटका संयाेजक पितम्बर सापकाेटाले बताए ।
भेलाहरूलाई सम्बाेधन गर्दै प्रमुख अतिथि अखिल नेपाल युवक संघ गण्डकी प्रदेशका सचिब सञ्जाल शर्माले देश बिकासकाे मेरूदण्ड युवाहरू भएका कारण युवा अलि बढि सचेत भएर संगठित रूपमा अन्याय र अत्याचारकाे बिरूद्व अान्दोलित हुँदै युवाहरू अाफ्नाे अधिकारकाे निम्ति संघर्स गर्नु पर्नेमा जोड दिए । अहिलेको सरकार प्रति आम जनताको व्यापक निरासा रहेको बताउदै नेपाली युवाहरु बिदेश नगई आफ्नो परिवारको छाक टार्न मुस्किल भएको अबस्थामा नेपाल सरकारले स्वदेश मै रोजगारकाे निम्ति बाताबरण सिर्जना गर्नु नसक्नु लाजस्पत कुरा भएकाे बताउदै “आज सम्म जे जे परिवर्तन भएका छन त्यसमा युवाहरू ठुलाे याेगदान रहेकाे हुनाले अब देश निर्माणकाे लागि युवाहरूले नै हिम्मतका साथ अगाडि बढनु पर्छ । त्यति मात्र नभएर परिवर्तन र क्रान्तिको निम्ति नेपाल कम्युनिष्ट पार्टी मसालको नजिक रहेर काम गर्न समेत शर्माले अाग्रह गरे ।
अखिल नेपाल युवक संघले संगठन बिस्तारकाे क्रममा गल्काेट नगरपालिका वडा.न.१काे वडा स्तरिय भेला दुदिलाभाटिमा सम्पन्न गरेकाे छ ।
भेलाले दिल कुवरकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिति निर्माण गरेकाे छ जसमा उपाध्यक्षमा भिम सेन खत्री , सचिवमा सुजन बुढाथोकी, सह-सचिवमा सिर्जना बुढाथोकी,काेष-अध्यक्षमा महेन्द्र बिक र सदस्यमा राेशनी भण्डारी,सबिन कुवांर,सिर्जना बुढाथोकी रहेका छन भने एक स्थान रिक्त रहेकाे छ ।सल्लाहकारमा गम बहादुर भण्डारी,मीन बहादुर कुवांर र सुर्य बाेहाेरा चयन भएका छन ।
त्यस्तै गाेल्काेट नगरपालिका वडा.न.५काे भेला हरिचाैरमा सम्पन्न भएकाे छ । भेलाले भेलााले बिकास क्षेत्रिकाे अध्यक्षतामा ९ सदस्यीय वडा समिति चयन गरेकाे छ जसमा उपाध्यक्ष लाल बहादुर खत्री, सचिब लाल बहादुर श्रीस,सह-सचिव कलि बिक,काेष-अध्यक्ष दिनेश क्षेत्री रहेका छन भने सदस्यहरूमा रेशम खत्री, बिनु श्रीस र गुञ्जन कडेल रहेका छन ।एक स्थान रिक्त राखिएकाे समितिकाे सल्लाहारमा तम बहादुर खत्री,टिकाराम कडेल र काेपिला दर्जी रहेका छन ।
त्यस्तै वडा.न.९काे भेला मल्लमा सम्पन्न भएकाे छ ।बिनाेद बिककाे अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएकाे छ ।जसमा उपाध्यक्षमा भावना केसी, सचिवमा राम केसी, सह- सचिबमा राजन गैतम काेषध्यक्षमा अर्जुन केसी चयन भएका छन भने सदस्यमा सीता सापकोटा, चाेम कहादुर केसी, तेजेन्द्र बिक, अाेम प्रकाश सुनार रहेका छन । सल्लाहकारमा पितम्बर सापकोटा र दान बहादुर केसी रहेका छन ।
संगठन बिस्तारकाे क्रममा वडा.न.८ काे भेला कांडेबासमा सम्पन्न भएकाे छ । दिपक क्षेत्रीकाे अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेकाे छ ।जसमा सचिवमा बिकास सुनार काेषध्यक्षयमा सरिता सुनार चयन भएका छन भने सदस्यमा मनिस कडेल र चन्द्र सुनार रहेका छन ।
सल्लाहकारमा श्याम सुनार, चुडामणि चालिसे र भिम कडेल रहेका छन । भेलालाई राष्ट्रिय जनमाेर्चा बागलुङ जिल्ला समितिका उपाध्यक्ष वेदिलाल सापकाेटा, अखिल छैंठै बागलुङका अध्यक्ष शिवलाल चालिसे र राजमाे गाेल्काेट नगरपालिका ९ नम्बर वडाका अध्यक्ष रमाकान्त गैतमले समेत शुभकामना व्यक्त गरेका थिए ।