Sorry, that menu does not exist.
 

प्रजिअ खरेलव्दारा डुवान र बाढी पीडितहरुलाई राहत वितरण !
यस्तो बिपदको बेला कुनै प्रतिनिधीसभा सदस्य नआउनु, राज्यले बेवास्था गर्नु दु:खद – वक्ता

दिनेश शर्मा, बुर्तिवाङ २०७५ असोज २ । बडीगाड- ७ भिङगिठेबाट ढोरपाटन नगरपालिका बुर्तिवाङको पैदल मार्ग अवलोकन गर्न प्रजिअ बेदप्रसाद खरेल नेतृत्वको टोली लोकमार्गको खल्तुबोट पुगेपछी त्यहाँ आयोजित एक कार्यक्रममा २ जना पहिरो पीडित सहित ४ जनालाई राहत रकम वितरण गरिएको छ ।

तुरतुरेको पहिरोका कारण बनेको तालमा घरहरु परी पीडित बनेका कृष्ण बहादुर कुमाल र देवीराम कुमाललाई प्रजिअ खरेलले सरकारका तर्फबाट जनही १०/१० हजार रुपयाँ राहत रकम हस्तान्तरण गरेका थिए ।

यसैगरी सोहि अवसरमा निसीखोला गाउपालिका-२ का बाढी पीडित नरबहादुर घर्ती तथा बडीगाड गाउपालिका-९ का बाढी पीडित खिम दमाईलाई जनहीँ रु १०/१० हजार राहात रकम पनि प्रजिअ खरेलव्दारा प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रजिअ खरेलले पहिरो, लोकमार्ग र बैकल्पिक पदमार्गकोको अवलोकन गरेका छौँ थप क्षती नहुने गरी पहिरो हटाउने, लोकमार्ग मरम्मत गर्ने र तालको पानीको निकास खोज्ने काम चाँडै सुरु गरिने प्रतिवद्धता जनाउदै यस दैवी विपत्तीबाट जनताई संयमित रहन आग्रह गरे ।

सो अवसरमा मध्यपहाडी लोकमार्गका डिभिजन ईन्जिनियर रमेश दृष्टिले पहिरोले पुराएको क्षेतीलाई हेर्दा लोकमार्ग सुचारु गर्न केहि समय लाग्ने बताउदै सेनाको प्राविधिक टोलीको अध्ययन प्रतिवेदनका आधारमा लोकमार्ग सन्चालनमा सक्रियता पूर्वक लाग्ने बताएका थिए ।

सो अवसरमा बडीगाड गाउपालिकाका अध्यक्ष मेहर सिँह पाईजाले स्थानय तहबाट पहिरो पीडितहरुलाइ सहयोग प्रदान गरिएको बताउदे सडक खुलाउन र जनताहरुलाई आवत जावत गर्न स्थानीय जनप्रतिनिधीहरुबाट प्रयास भैरहेको जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका क्षेत्रिय सभापति दोर्ण कुमार कुवँरले भीषण पहिरोले यस क्षत्रका जनतालाई यति ठुलो दु:ख कष्ट हुँदापनि प्रतिनिधी सभा सदस्यहरु कोहि नआउनु गैर जिम्मेवारी भएको उल्लेख गर्दै पाँच दिन वितिसक्दा पनि राज्यको उपस्थिती नदेखिनु दु:खको कुरा भएको आक्रोश व्यक्त गरेका थिए । कुवँरले अरु जिल्लाहरमा यस्तो आपत विपद पर्दा राज्यले ध्यान दिएको देखिन्छ तर बागलुङ जिल्ला यस्तो दु:खद घटना हुँदापनि त स्थानीय तह न राज्यले खासै ध्यान दियो भनी सरकारको कटु आलोचना गरेका थिए ।

्अर्का बक्ता नेकपाका तुलसी अर्यालले जति सक्यो छिटो पहिरो हटाएर निकास खोज्न आग्रह गदै स्थानीय तहबाट यस विपदमा सक्दो काम भैरहेका बताए ।

सोहि कार्यक्रममा स्थानीयका तर्फबाट बोल्दै अनबहादुर थापाले पहिरो हेर्न आउनेहरु पर्यटकरुपमा आउने तालको तस्वीर मोबाईलमा खिचेर मनोरन्जन गर्ने काम भैरहेको व्यंग्य गर्दै राज्य पक्षबाट ढीला सुस्ती भएकोमा तीब्र आक्रोश व्यक्त गरेका थिए ।

टोली बुर्तिवाङ पुग्ने भनिएपनि समयाभावले खल्तुबोट बाटै भिङगिठे फर्किएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply