कमल राना, गल्काेट, २०७५ असाेज ३ । नेपाल कम्युनिस्ट पार्टी ( मसाल) ) काे साहयक संगठन अखिल नेपाल युवक संघले गलकोट नगरपालिका नगर भेला हटियामा सम्पन्न गरेकाे छ ।
भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि युवक संघका गण्डकी प्रदेश सचीव संजाल शर्माले, ” देशका हरेक परिवर्तन र आन्दोलन मा नेतृत्व गरेको युवा शक्ति आज आफ्ना परिवारको रोजीरोटिको लागि बिदेशीनु पर्ने बाध्यता चरम रूपमा रहेकाे छ । देशमा युवाहरूलाई रोजगारकाे व्यवस्था हुन सकेकाे छैन , युवाहरुका थुप्रै समस्या छन, ती सम्पुर्ण समस्याको जड भनेकै नेपालको राज्य ब्यवस्था भएका कारण देशका शासक ले युवाहरु को शक्ति र सामर्थ्यलाई बुझ्न सकिरहेका छैन्न। आज नेपाली युवाले खाडीमुलुक लाई सम्पन्न राष्ट्र बनाईसके तर नेपालमा युवा शक्ति जति सबै बिदेशीने कसले बनाउने हो आफ्नो देशलाई ? भन्ने प्रश्न गर्दै शर्माले राष्ट्रियता, जनतन्त्र र जनजीविका सवाल मा युवा अलि सचेत रहन समेत आग्रह गर्नु भयो। अन्याय, अत्याचारको विरुद्ध नेपाली जनताका अधिकारका पक्षमा लड्ने शाहास युवाहरु ले राख्नु पर्छ भन्दै उनले समाजलाई परिवर्तन गर्न सक्ने देशलाई समृद्धि गराउने बाटोमा युवाहरु लाग्न बिशेष आग्रह गरे ।
साथै उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका गल्काेट नगर अध्यक्ष टंक केसीले सम्बोधन गर्दै संघीयता तत्काल खरेज गर्नु पर्ने बताए, संघीयता खर्चिलो ब्यवस्था भएको कारण कर वृद्धि भएको महंगी तीव्र गतिमा बढेको बताउँदै संघीय व्यवस्था नेपालले धान्न नसक्ने कुरा मा जोड दिएका थिए । उनले दिनदिनै बलात्कारका घटना बढेको, सरकारले जन अपेक्षा अनरुप काम गर्न नसकेको र सरकार असफल हुँदै गैइरहेको बताउदै केसीले देशमा बलत्कार, हत्या तथा भ्रष्टचार बढेकाले अपराधिक कार्यलाई रोक्न समेत सरकारसँग माग गरे । भेलामा बागलुङ नगर सचीव लाल बहादुर राना, शिक्षक संघका टिकाराम कंडेल,अखिल छैटौंका अध्यक्ष शिव चालिसे, राजमो वडा न. ४ का सोम बहादुर नेपाली, युवक संघका बिकास श्रीस लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले रमेश खत्रीको अध्यक्षतामा ९ पुर्ण,३ बैकल्पिक र ३ सल्लाहकार गरि १५ सदस्यीय नगर समिति गठन गरेको छ। जसमा उपाध्यक्ष तेजिन्द्र बि.क., सचीव दिलु कुवर, सह- सचीव श्याम सुनार र कोषाध्यक्ष सुदिप श्रेष्ठ रहे छन भने समितिको पुर्ण सदस्यहरुमा, पिताम्बर सापकोटा,अर्जुन केसी,सुजन बुढाथोकी, एक स्थान रिक्त राखिएकाे छ ।त्यस्तै बैकल्पिक सदस्यहरु मा रोशन गौचन, चन्द्रकली बि.क, रोशनी भण्डारी र सल्लाहकारमा बिकाश श्रीस, सुरेन्द्र श्रेष्ठ र गजेन्द्र भेटाल चयन भएका छन ।
पितम्बर सापकोटाकाे अध्यक्षतामा सञ्चालन भएकाे भेलामा रमेश खत्री स्वागत मन्तव्य रहेकाे थियो भने सञ्चालन दिल कुवारले गर्नु भएकाे थियो ।
“लागौं युवा जागौ युवा“ भन्ने मुल नाराका साथ युवक संघले स्थानीय तहको अधिकार र बिकास बजेट वृद्धि गर !, महंगी र भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर !! भन्ने उद्घोष सहित युवालाई सामाजिक न्याय पक्षमा अग्रसर गराउदै, राष्ट्रियता, जनतन्त्र र जनजीवीका को सवाल मा युवाहरूले बिशेश भुमिका खेल्न सकुन भन्ने धेय को साथ अखिल नेपाल युवक संघ बागलुङले असाेज ३ र ४ गते जिल्ला स्तरिय प्रशिक्षण गाेल्काेट काडेबासमा सञ्चालन गर्ने भएकाे छ ।