Sorry, that menu does not exist.
 

संगीन जिसी हत्या काण्ड : गृहमन्त्री मुर्दावाद, निकम्मा सरकार राजिनामा दे… भन्दै बुर्तिवाङमा जुलुस !

छविलाल पाण्डे, बुर्तिवाङ २०७५ असोज ४ । संगीन जिसीको हत्या भएको २६ दिन वितिसक्दा समेत सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै जीसीको गृह नगर बुर्तिबाङमा चाँंडो भन्दा चाँंडो सरकारले दोषी पत्ता लगाई कार्बाही गरोस भन्ने माग सहित आज विशाल जुलुस निस्किएको छ ।

बुर्तिबाङ घर भई अध्ययनको सिलसिलामा काठमाण्डौ बस्दै आएका संगीन जिसीको गत भदौ भदौ १७ गते स्वयम्भुको जंगलमा शिरच्छेदन गरी विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । जनैपूर्णिका दिन घर बाहिर गएका जीसीको शव भदौ १७ गते प्रहरीले फेला पारेको थियो ।

प्रहरी र प्रशासनले हालसम्म पनी गम्भीर अनुसन्धान गरेर दोषी पत्ता लगाउनुको साटो गृहमन्त्रीले संसदमा संगीनको हत्या नभई आत्महत्या जस्तो देखिन आएको रिपोर्टले देखाएको भन्ने शव्द आएपछि परिवार तथा बागलुङवासीले राज्यले सत्य तथ्य बाहिर ल्याउन नसकी घटनालाई गुपचुप राख्न खोजेको भन्दै थप आक्रोशित बनेका हुन् ।

टाउकोमा कालो पट्टी बाँधेर आज बुर्तिबाङ बजारमा सयौँको संख्यामा निस्केको जुलुसले हत्यारालाई फाँसी दे, हत्या हिंसा बन्द गर, घुस्याहा गृहमन्त्री मूर्दावाद, निकम्मा सरकार मूर्दावाद, असफल सरकार कुर्सी छोड, संगीन जिसीलाई न्याय दे, शान्ति सुरक्षा कायम गर लेखिएका प्लेकार्ड भिरेर नाराबाजी गरेको थियो ।

जुलुस बुर्तिबाङ बसपार्क देखि सुरु भई शान्तिटोल, उपल्लो बजार, चुरेबास हुंदै , फांटबजार, देवचोक हुंदै पुन बसपार्कमा फर्किएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्वोधन गर्दै मृतक संगीन जीसीका बाबु निमबहादुर जिसीले आफु जस्ता सोझा साझा जनताले यो देशमा न्याय नपाउने अवस्था आएको बताए । आफ्नो छोराको बिभत्स हत्या घटनालाई आत्महत्या भनेर सरकारले अपराधीलाई ढाकछोप गर्न खोजिरहेको बताउंदै सयौं अपराधी राज्यकै ढाकछोपमा उम्किरहेको आरोप लगाए ।

कोण सभामा बोल्दै बुर्तिबाङ राईजिङ युवा क्लबका अध्यक्ष यामु पौवी, धनबहादुर कुवंर, हरिबहादुर कुवंर, दलबहादुर भण्डारी, स्थानिय गुञ्ज भण्डारी, लगाएतले चांँडो भन्दा चाँंडो सरकारले अपराधी पत्ता लगाई कडा कार्वाही गर्न माग गरेका थिए । उनिहरुले पीडितले न्याय नपाएमा स्थानिय तहदेखि केन्द्रसम्म थप आन्दोलनका कार्यक्रम चर्काउंदै जाने चेतावनी पनि दिएका थिए ।

कार्यक्रममा बिभिन्न राजनैतिक दल, बिभिन्न संघसंस्थाका प्रतिनिधी, पत्रकार, समाजसेवी, बुद्धिजीवी, बजारबासी लगाएतको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply