Sorry, that menu does not exist.
 

तुरतुरे पहिरो र मेरो विश्लेषण

दिनेश शर्मा

राष्ट्रिय चर्चाको बिषय रहेको बडिगाड र ढोरपाटन नगरपालिका को सिमाना मा पर्ने तुरतुरे पहिरोले अभाव र पीडा सङ्ग सङ्गै कुनै कोणबाट हामिलाइ सचेत पनि बनाएको छ। हामी आफै सचेत नहुदा मेरै आँखा अगाडी बिबिरन खातुन दिदीले ज्यान गुमाउनु पर्यो भने म र अर्को एकजना साथीले केही सेकेन्डले मात्र ज्यान जोगाउन सफल भयौ । मेरो मोबाइलमा क्षति पुग्यो । प्रहरीले पहिरोको दुबै साइडबाट सुरक्षा दिदै गर्दा पनी आम नागरिकहरु मानवीय क्षती नदेखे सम्म कोहि पनि बैकल्पिक मार्ग प्रयोग गर्न तयार देखिएनौ।

तीन सय बीस मिटर लम्बाइ र करिब ५०० मिटर चौडाइ क्षेत्रफलमा रहेको उक्त पहिरोको भिमगिठे तर्फको भागमा रहेको पिच सडक झन्डै पचास मिटर भाग फेरि फाटेर पहिरो जाने अवस्था मा छ उक्त भाग जुनसुकै अवस्थामा पहिरो जानसक्ने अवस्थामा छ। हामी स्थानिय पत्रकारहरुले रातदिन नभनी रिपोर्टिङमा जुट्यौ राष्ट्रिय मिडियाहरुले उक्त समाचारलाई स्थान पनि दिए र राज्यले पनि यसलाइ गम्भीर रुपमा लिएको मैले पाएको छु ।

पहिरो पछिको एकहप्ता को समयमा प्राबिधिक छलफल अनि राज्यको ध्यानाकर्षणको सम्बन्धमा धेरै काम भएको मैले पाएको छु। प्रमुख जिल्ला अधिकारिको सक्रियता यहाँ कृयाशिल राजनैतिक दलको सकृयता र उपस्थिती प्रहरी र विभिन्न संघ सस्थाको चासो र चिन्ता डुबानमा परेका पीडितहरु र सम्भाबित जोखिममा रहेका बस्तीको अझै गम्भीर चिन्ता र पीडा कायमै छ। स्थानिय सरकार र सरकार प्रमुखहरुले घटना पश्चात् पीडितको पक्षमा गरिएका निर्णय र राहतका कार्यक्रमहरु जुन सस्थागत तथा ब्यक्तिगत छन ती असाध्यै प्रशंसनीय छन।

यो बिचमा अध्ययन टोली नेपाली सेनाका इन्जिनियरहरु सङ्ग रिपोर्टिङको क्रममा हिड्दा मैले बुझेको यो पहिरो असाध्यै ठूलो, पहिरोको बाकी भाग जुनसुकै बेला खस्न सक्ने, अझै चर्किएको भाग बाकी रहेको,पहिरो मा भएको ढुङ्गा माटो फाल्ने ठाउको समस्या ,भौगोलिक बिकटता इत्यादि अप्ठ्याराहरु रहेको हुदा समस्या समाधान असाध्यै चुनौतीपूर्ण पनि छ। तर राज्यले जुन रफ्तारमा तयारी अगाडि बढाएको छ तेहि अनुसारले अगाडि बढाएमा यी अप्ठ्याराहरु बाधक पक्कै बन्ने छैनन ।

सामाजिक सन्जालमा उठेको बिषय पीडितको उचित ब्यवस्थापन सहित तालको संरक्षणको कुरा कति बैज्ञानिक हुनसक्छ त्यसको समयमै टुङ्गो लगाउनुपर्ने देखिन्छ। तत्काललाई बैकल्पिक पैदल मार्ग र बन्दै गरेको बैकल्पिक सडकको प्रयोग गरि बिपदको समयमा हुनसक्ने मुल्यबृद्दी कालो बजारी प्रती सजग रहदै बिपदमा सम्यम र सहयोगि भएर रहौ भन्न चाहान्छु।

धन्यवाद ।

बडीगाड-७, भिङगिठे
२०७५ असोज ५ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply