घनश्याम गौतम गल्कोट २०७५ असोज ५ । बागलुङ उधोग बाणिज्य संघ गलकोट इकाईले आयोजना गरेको कृषि पर्यटन औधोगिक ब्यापार मेला तथा गल्कोट महोत्सव २०७५ को संचालनलाई लिएर काठमाडौमा रहेका गल्कोटेहरु संग छलफल गरेको छ । काठमाडौको नेरिक एकेडेमीमा आयोजित छलफलमा गल्कोटमा रहेका स्थानीय कृषि उपजको प्रदर्शनी, गल्कोटका सम्भाबित प्रयटकीय क्षेत्रको प्रचारप्रसार, तथा प्रबर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
सुझाव संकलनको क्रममा गल्कोट महोत्सवमा आयोजित कार्यक्रमहरु खुल्ला भलिबल तथा लोक दोहोरी गीत प्रतियोगिता, स्थानीय झाकी शैक्षिक तथा बाल मेला, रत्यौली, गल्कोट डान्स, लोक सस्कृती, कलाको प्रस्तुति लगायत को बिषयमा इकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी गराएका थिए ।
अन्तारकृयामा सहभागीहरुले समयमै आय ब्याय सार्बजनिक गर्नु पर्ने, गल्कोटमा बिकास गर्नु पर्ने क्षेत्रको पहिचान गरि कार्ययोजना बनाउनु पर्ने, गल्कोट्को ड्कुमेन्ट्री प्रतियोगिता संचालन गर्नुपर्ने, आर्थिक पारदर्शी रुपमा गर्नुपर्ने लगायतका विषमा सुझाव दिएका थिए ।
कार्यक्रममा भुपेन्द्र खत्री, मिलन के सी, बिराज सुवेदी, मन खत्री, शिव खड्का, श्रीकृष्ण बम मल्ल, प्रकाश खत्री, गजेन्द्र चोखाल, राजेन्द्र खत्री, अर्जुन सापकोटा, उदय शर्मा, इलसन थापा लगायतले जिज्ञासा तथा सुझाव दिएका थिए । महोत्सवको तीब्र प्रचार पसार गर्ने, तथा महोत्सवलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
टोलीमा उध्योग वाणिज्य संघ गल्कोट इकाईका अध्यक्ष वीरेन्द्र श्रेष्ठ, गल्कोट नगरपालिका वडा न ३ का अध्यक्ष बिरजङ भण्डारी, कोषाध्यक्ष दिलिप श्रेष्ठ, अकोराव गण्डकी प्रदेशका सचिब गुमानसिङ बुढाथोकी, इकाइका सदस्य होम थापा सम्मिकपुर श्रेष्ठ, मिना श्रेष्ठ, रेडियो गल्कोटका स्टेशन प्रमुख घनश्याम गौतम लगायतको सहभागीता रहेको थियो । अन्तरक्रियामा काठमाडौमा रहेका विभिन्न सङ्सस्थाका प्रतिनिधि गरि करिब ३० जनाको सहभागीता रहेको थियो ।