Sorry, that menu does not exist.
 

खर्वाङमा आयोजित तीजीगीत प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न !

कमल पौडेल बागलुङ (खर्वाङ) २०७५ असोज ६ । राष्ट्रिय जनसाँस्कृतिक महासंघ बडीगाड २ खर्वाङको समिक्षा वैठक शुक्रवार सम्पन्न भएको छ। वैठकले भदौ ३० गते भएको खुल्ला तीजीगीत प्रतियोगीता भव्य र सभ्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

वैठकले कार्यक्रमलाई सहयोग गर्ने सहयोगदाता, अतिथि र सहयोगीहरुको लागि धन्यवाद व्यक्त गरेको छ । त्यस्तै वैठकले समितिका सदस्य विक्रम परियारकी ममतामयी माताको निधनको प्रति श्रद्धाञ्जली, संस्थाका संस्थापक भिमलाल भुसाल, महासंघका पूर्व कलाकार रुनमाया भुसाल र राष्ट्रिय सभा सदस्य शान्ति अधिकारीको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ ।

त्यस्तै वैठकले भदौ ३० गते भएको कार्यक्रमको हिसाव किताव तयार गरि सार्वजनिक गर्न आर्थिक समितिका संयोजक वावुराम जिसी, कोषाध्यक्ष देउमाया राना र लेखा समिति संयोजक महलाल पौडेललाई जिम्मा दिने निर्णय गरेको छ ।

जनसाँस्कृतिक महासंघले विगत २८ वर्ष देखि खर्वाङमा तीजीगीत कार्यक्रम मार्फत नारी आन्दोलन र जनजीविकाका सन्दर्भमा आवाज उठाउँदै आएको छ । बैठक अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता तथा सचिव कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply