Sorry, that menu does not exist.
 

बालबालिकालाई मनोवैज्ञानिक तथा प्रयोगात्मक तरिकाले अध्यापन आवश्यक !

बागलुङ (खर्वाङ) २०७५ असोज ७ । त्रिभुवन माध्यमिक विद्यालय खर्वाङको आयोजनामा एक हप्ते मन्टेश्वरी शिक्षक तालिम आज देखि सुरु भएको छ । तालिमको उद्घाटन गर्दै बडीगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलले वालवालिकालाई मनोवैज्ञानिक तथा प्रयोगात्मक तरिकाले खेल्दै सिक्ने वातावरण गराउन तालिम सफल हुने विश्वास व्यक्त गरेकी थिईन ।

सो अवसरमा प्रधानाध्यापक ढालमणि भण्डारीले नमुना उन्मुख विद्यालय शिक्षण सिकाइ कृयाकलापमा नमुना हुनुपर्ने र त्यसको आधारको लागि तालिम संचालन गरिएको वताएका थिए ।

तालिममा त्रिभुवन माविका प्राथमिक तहका शिक्षक सहित सो विद्यालयका आधार विद्यालय चण्डीथान प्रावि, सरस्वती प्रावि, भगवति प्रावि तथा रेमलीटोला प्राविकाका शिक्षकहरुको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रम प्रधानाध्यापक भण्डारीको अध्यक्षता, सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो। असोज १३ गते शनिवार सम्म चल्ने तालिमको लागि मारिया मन्टेश्वरीका प्रशिक्षक कविराज भट्टराइले सहजिकरण गर्ने विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply