Sorry, that menu does not exist.
 

जनहित मावि मल्ममा कक्षा १२ सञ्चालन गर्न सरोकारवाला सहमत

थम्मन थापा, सन्देश गल्कोट २०७५ असोज ८ । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको आयोजनामा विशेष बैठक आज सम्पन्न भएको छ ।

वडा कार्यालयको मिति २०७५ असोज ४ गतेको निर्देशन कार्यन्वयन अन्तर्गत आजको बैठकले आगामी शैक्षिक सत्रदेखि जनहित माध्यमिक विद्यालयमा कक्षा ११ सञ्चालन गर्ने, जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयको साविकको संरचनामा क्रमश अङग्रेजी माध्यमबाट कक्षा १-८ सञ्चालन गर्ने र सप्ताहघाट आसपासको क्षेत्रमा दिपज्योति आधारभुत विद्यालयलाई समेत समावेश गर्दै कक्षा ९-१२ को लागि नयाॅ संरचना निर्माण गर्ने, संरचनाले पुर्णता पाउन साथ माध्यमिक तहको कक्षा ९-१२ नयाॅ संरचनामा स्थानन्तरण गर्ने, शिव बाल विकास केन्द्रका सबै बालबालिकालाई स्वत स्फुर्त जनहित माध्यमिक विद्यालयमा ल्याउन प्रयत्न गर्ने, विद्यालय समायोजन सम्बन्धि प्रकृयालाई मुर्त रुप दिई आर्थिक भौतिक व्यवस्थापन लगायतका कार्यहरु सम्पादन गर्नको निमित्त जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिको संयुक्त बैठक बस्ने , दिपज्योति आधारभुत विद्यालय समेतलाई समायोजन हुन चाहेमा समावेश गराउने, सबै फिडर विद्यालयहरुमा अङग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

धेरै लामो समय देखि मल्ममा सहमति हुन नसकेको कक्षा ११ र १२ सञ्चालन गर्ने विषयमा सरोकारवाला बिच सहमति भएपछि शैक्षिक क्षेत्रले थप फडको मार्ने अपेक्षा गरिएको छ । बैठकमा जिल्ला समन्वय समितिका सदस्य, गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, शिक्षाप्रेमी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो । बैठकले गलकोट नगरपालिका वडा नं ७ भित्रको शैक्षिक गुणस्तर अभिवृद्वि, समय सापेक्ष शिक्षालाई अगाडि लैजाने र विद्यार्थी संख्यामा वृद्वि गर्न पहल गर्न सबै आ-आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्वता समेत व्यक्त गरेको छ ।

बैठकमा सरोकारवालाले जनहित माध्यमिक विद्यालयको ईतिहाॅसलाई जीवन्त राख्दै विद्यालयको क्षेत्र थप विस्तार गरि एकिकृत शिक्षा प्रणाली लागु गर्ने विषयमा समेत एक ढिक्का भएर जान सहमत भएका छन । बैठक जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र प्रधानध्यापक विष्णु प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply