Sorry, that menu does not exist.
 

पर्यटन प्रबर्धनको पर्खाइमा धौलागिरी !

सचिन्द्र श्रेष्ठ

बिश्व पर्यटन दिबसको संघारमा आई रहदा सन् १९८० देखि मनाई रहेता पनि हाल सम्म नेपालले गतिलो आफूलाई पर्यटकीय क्षेत्रको रुपमा बिश्व सामू चिनाउन सकिरहेको छैन।सधै जसो हुने कार्यकम, गोष्ठी, बैठक भएता पनि यसले केहि प्रभाव पार्न सकेन।बर्षेनि हुने यस्ता कार्यकम दिगो नहुनु, गतिलो प्रचार प्रसार नहुनु पनि एक कारक तत्व एबं चुनौतीनै खडा भई सकेको छ ।

नेपाल प्राकृतिक ,सास्कृतिक,भौगोलिक,सामाजिक रहनसहनले भरपूर एउटा फुल प्याकेज रहे पनि गतिलो प्रचार प्रसार नहुनुले नेपाल अत्यन्त पछाडि परेको देखन सकिन्छ।

पर्यटन भन्नाले मनोरञ्जन वा दिल बहलाउने उद्देश्यले गरिने भ्रमण, घुमफिर गर्ने कार्य नै पर्यटन हो । यसरी घुम्ने व्यक्तिलाई पर्यटक भनिन्छ । यसको व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । कुनै पनि ठाउँको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक विशेषताको अवलोकन गर्न तथा विभिन्न उद्देश्य लिएर एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्ने मानिसलाई पर्यटक भनिन्छ भने यसरी आउने पर्यटनलाई आवश्यक आवास, भोजन, मनोरञ्जन, पथ प्रदर्शन साधन आदि सुविधा र सेवा उपलब्ध गराई अर्थ अपार्जन गर्ने व्यवसायलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटनलाई आन्तरिक र बाह्य पर्यटनको रुपमा छुट्याउन सकिन्छ ।

नेपाल असिमित पर्यटकीय संभावनाहरु भएको देश हो ।यसका बिभिन्न फाइदाहरु छन जसका कारण बिदेसी मुद्रा संकलन,रोजगार को सिर्जना,राष्ट्रका सम्पति,प्रचार प्रसार गरी बिदेसमा चिनाउन सहज हुनु,धार्मिक सास्कृतिक रहनसहन आदान प्रदान हुनु,घरेलू उधोग,बस्तुको अगाढ प्रयोग भई नेपालको राष्ट्रीय आयमा तिब्र बृद्धि हुनुले राष्ट्रको महत्व थप मजबूत बनाउन सफल हुन सक्ने देखिन्छ।

नेपाल भित्रको सानो क्षेत्र धौलागिरीको कुरा गर्दा यो पनि धेरै नै पर्यटकीय सम्भावना भएको क्षेत्र को रुपमा चिनिंन सफल छ।तर यहाँका धार्मिक,ऐतिहासिक,सांस्कृतिक धरोहर को खानी भएर पनि उचित प्रचार प्रसार,केंद्रीय स्तरमा राजनितिक पहुँच, बिकट,भौगोलिक भू भाग आदिका कारण ओझलमा पर्दे आई रहेको छ।

धौलागिरीका यी चार ठाउँ जुन पहिलो धौलागिरीको प्रबेश द्वार भनौ पर्बतको कूस्मा,बागलुङ,म्याग्दी बेनी साथै मुस्तांङ जोमसोम रहेका छन जहाँ यी भाग प्राकृतिक हरियाली,धार्मिक तीर्थ स्थल, ऐतिहासिक दरबार,सास्कृतिक रहनसहन, साहित्य ,लोक संगीतको उदगम स्थल भनेर पनि फरक नपर्ला । यस्ता बिबिधताको खानी भएर पनि पछि पर्नु यस क्षेत्रको लागि दुर्भाग्यनै ठान्नू पर्ने अवस्था आएको छ।

नजिकैको पोखरामा आउने पर्यटकलाई धौलागिरी सम्म तान्न के कसरी सकिन्छ त्यसमा ध्यान जानु जरुरी छ,मुस्तांग का धार्मिक स्थल मुक्तिनाथ मंदिरमा दर्शन गर्न हजारौको मानिस यही पर्बत, बागलुङ, बेनीको बाटो भएर हिड्नेलाई कसरी आफ्नो ठाउँमा २ दिन बढ़ी बसालन सकिन्छ त्यों हेर्नु आवश्यक हो जसका लागि बजारमा रहेका होटल, लॉजले उचित स्किम, ऑफर या यातायात ब्यबसायीले प्रवाह गर्ने यातायातका साधनमा समेत पर्यटक को ख्याल गर्नु पर्दछ।

म्याग्दी बेनीको संस्कृति, धार्मिक र प्रकृतिको संगम स्थल का साथै पर्यटकलाई देखाउनका लागि बजार वरीपरि केभहिल, लभ्लीहील, पर्वत राज्यको राजधानी ढोल्ठान, कोट भण्डार, महारानी थान, गलेश्वर, जगन्नाथ, टोड्के धुरी, बौद्ध स्तुपा, बेनी शिवालय, भगवति मन्दिर, पुलत्स्य पुलहाश्रम, तातोपानी कुण्ड लगायतका सम्पदाहरु छन् । धौलागिरी, अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग, गुरिल्ला पदमार्ग, धौलागिरी आईसफल, धौलागिरी सेञ्चुरी पदमार्ग, पश्चिम धौलागिरी, अन्नपूर्ण आधार शिवीर, तातोपानी कुण्ड, घोडेपानी,पुनहिल्ल, खोप्रा, मोहोरडाँडा, ताकम कोट, टोड्के, रुपसे झरना ,संसारकै गहिरो अन्ध गल्छी, भाले वास्ने ताल आदि छन।

साथै बागलुंग पनि यस्तै सम्पदाहरु ,पौराणिक नेवारी संस्कृति,नेपालकै ठुलो ढोरपाटन शिकार आरक्ष ,भकुण्डेको दह, कालीका माई मंदिर,घुम्टे लेक,लामो पुल, गल्कोट क्यानयोंङ,दरबार ,भैरब थान,गौरी धाम ,पंचकोटआदि हुनु पनि यसले धौलागिरी के रहेछ भनेर संसार सामू चिनाउन सकेको छ।

गुफा,शिवालय मंदिर, पंचासे,दुर्लुङको कोट साथै क्यानयोंङ,मोदीबेनि धाम, कालीगंडकी राफ्टिंङ, मल्लाज दरबार, पैयू दरबार बन्दै गरेको बंजी जम्प पनि एक रहेको छ ।

यसरी हेर्दा धौलागिरी पनि नेपाल भित्रको अत्यन्त हेर्न लायक सम्पदा, धार्मिक पर्यटकीय स्थल गुणस्तरिय आवास रहेको हुदा
पर्यटन विकासमा पूर्वाधार गर्न सरकारले आर्थिक समृद्धि तथा मुलुकभित्रै रोजगारी सिर्जना गर्ने प्रमुख स्रोतको रुपमा पर्यटन क्षेत्रलाई आवश्यक पूर्वाधार, पर्यटनमैत्री वातावरण सिर्जना गर्ने र प्रचारप्रसारमा पनि ध्यान दिनु पर्दछ।

पाँच वर्षमा २५ लाख पर्यटक भित्र्याइ कुल गार्हथ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान १० प्रतिशत पु¥याउने पर्यटन मंत्रालय को योजना गरेको हुदा अहिले घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० कार्यान्वयनका लागि छवटा भाषा (अंग्रेजी, चाइनिज, स्पेनीस, फ्रेञ्च, जर्मनी र रसियन) मा वेभसाइट बनाउने र डिजिटल मार्केटिङ गर्ने तयारी बोर्डले गरेको थियो यी चाढै लागु होस् र नेपाल एबं धौलागिरीको समग्र पर्यटन प्रबधनमा टेवा पुगोस्। अस्तु !!
पर्वत कुस्मा
२०७५ असोज १० ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply