थम्मन थापा सन्देश, गल्काेट २०७५ असोज १२ । जनहित माध्यमिक विद्यालय, प्रगति आधारभुत विद्यालय र दिपज्योति आधारभुत विद्यालय गलकोट नगरपालिका ७ मल्मको संयुक्त बैठक आज सम्पन्न भएको छ । बैठकले विद्यालय समायोजन गर्ने निर्णय भए सॅगै वडा नं ७ मा कक्षा १२ सञ्चालन गर्न समायोजन हुने लागेका विद्यालय जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयको नामबाट जनहित प्रगति माध्यमिक विद्यालय नामाकरण गर्ने, समायोजन भएका विद्यालयको माध्यमिक तह सञ्चालनको लागि प्रगति आधारभुत विद्यालयको निकट आसपासमा सबै पुर्वाधार, भौतिक संरचना र खेलमैदान समेत व्यवस्थापन हुन सक्ने गरि प्र्याप्त जग्गा व्यवस्थापन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
सो अवसरमा जग्गा व्यवस्थापन गर्नको निमित्त प्रगति आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको संयोजकत्वमा १३ सदस्यिय जग्गा व्यवस्थापन समिति चयन गरिएको छ । समितिको सदस्यमा दल बहादुर थापा (क), लोक बहादुर थापा, ह.टिका बहादुर थापा, दल बहादुर थापा (ख), बसन्त क्षेत्री, भक्त बहादुर थापा, दुर्गा बहादुर चोखाल, राज कुमार दर्जी, छबिलाल दर्जी, जीवन साहानी र सदस्य सचिवमा विष्णु प्रसाद गौतम, छुम बहादुर थापा रहेका छन् ।
बैठकले समायोजन प्रकृयालाई नितिगत रुपमा अगाडि बढाउनको लागि आगामी असोज १९ गते गल्कोट नगरपालिका नगर शिक्षा शाखा, श्रोत व्यक्ति, जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु र सरोकारकाला सहितको बैठक बस्ने, वडा नं ७ को वडा कार्यालयद्वारा प्रस्तावित एकिकृत शैक्षिक कार्य योजनालाई कार्यन्वयन गर्नको निमित्त अन्य फिडर विद्यालयहरु सॅग समन्वय गर्ने, वडा भित्र एक प्रकारको शिक्षा निती, पाठ्यपुस्तक, माध्यम लागु गर्ने र त्यसको व्यवस्थापनको लागि वडा सरकार र जनहित प्रगति माध्यमिक विद्यालयले सहकार्य गर्ने निर्णय सर्वसम्मत पारित गर्ने निर्णय गरेको छ ।
मल्ममा लामो समय देखि सहमति हुन नसकेको शैक्षिक क्षेत्रमा सरोकारवाला बिच गत असोज ७ गतेको बैठकमा सहमति जुटेपछि वडामा एक खालक शैक्षिक माहोल सृजना भएको छ । सरोकारवालाहरुले मल्मको पुरानो शैक्षिक धरोहर जनहित माध्यमिक विद्यालय र प्रगति आधारभुत विद्यालयको ईतिहाॅसलाई नमेटिने गरि अगाडि कार्य सम्पादन गर्ने, शैक्षिक क्षेत्रलाई थप अब्बल र समय सापेक्षा अगाडि बढाउने गुणस्तरिय शिक्षा सॅगै प्राविधिक शिक्षालाई समेत निकट भविष्यमा जोड दिन सरोकारवालाहरु सहमत भएका छन ।
संयुक्त बैठक जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाको अध्यक्षता र प्रधानध्यापक विष्णु प्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । बैठकमा गल्कोट नगरपालिका वडा नं ७ का जन प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, सरोकारवाला, युवा, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो ।