दिनेश शर्मा, बागलुङ भिङगिठे २०७५ असोज १३ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले शनिवार तुरतुरेको पहिरो र तालको निरीक्षण गरेर फर्किएका छन् । मन्त्री बस्नेतसँगै गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटा र ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपाली हेलिकप्टरमा बुर्तिवाङ अवतरण गरेका थिए ।
मन्त्री बस्नेतले पहिरो र ताल अवलोकन पछी लोकमार्गको पहिरो हटाए लगत्तै पहिरोले बडीगाड खोला थुनिएर बनेको तालको पानी खोल्ने आश्वासन दिएका छन् ।
अवलोकनका क्रममा नगर उपप्रमुख करमती पुन, प्रहरी निरीक्षक ओमप्रकाश यादव, नेकपाका नेता कार्यकर्ताहरु, स्थानीय व्यापारी बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
अहिले पहिरोको दुबै साईडबाट २/२ स्काभेटरले पहिरो पन्छाउने कार्य भैरहेको छ । बडादशैँ अगावै लोकमार्ग सन्चालनमा आउने विश्वास गरिएको छ ।
बडीगाड भिङगिठे सिस्नेरीको मोटरेबल पुल ।
तुरतुरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेपछी भिङगिठे माथिल्लो भागमा सवारी ठप्प भएको लोकमार्ग अवरुद्ध बनेको १३ औँ दिन देखी भिङगिठेको छिस सिस्नेरीको मोटरेबल पुल भएर दर्लिङ, राजकुत, देवीस्थान हुँदै बुर्तिवाङ बैकल्पिक सडक सन्चालनमा ल्याईएपछी आम नागरिकलाई राहत मिलेको छ ।