बागलुङ, २०७५ असोज १३ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा जिल्लामा क्रियाशिल सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुका लागि ५ दिने लेखा व्यवस्थापन तथा पल्र्स अनुगमन तालिमको शनिवार देखि बागलुङ बजारमा सुरुवात भएको छ ।
जिल्लाका सहकारी संस्थाहरुको लेखा व्यवस्थापनलाई थप व्यवस्थीत र सदृढिकरण गर्ने तथा संस्थाको कारोवारलाई पल्र्स पद्धतीमा सञ्चालन गर्नसक्ने जनशक्ति निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको तालिमका उद्घाटन संघका अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।
उद्घाटन् पश्चात कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले वित्तीय कारोवार गर्ने कुनै पनी संस्थाले विश्लेषण गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले संस्थाको वित्तीय अवस्थाको पूर्ण ज्ञान र विश्लेषण गर्न सकेमा मात्र संस्था सुदृढ हुने कुरा व्यक्त गर्दै सहकारी संस्थाहरुले वर्तमान नीति विधि र प्रविधिमा आफुहरुलाई परिमार्जन गर्दै लग्नुपर्ने जरुरी रहेको धारण राखेका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य सहकारी संघ लि. का अध्यक्ष सीता शर्मा सहजकर्ता एवं कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक कुमार खत्री र नेफ्स्कूनका कार्यक्रम अधिकृत नवराज काफ्लेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तालिमको उद्घाटन सत्र संघका अध्यक्ष पौडेलको अध्यक्षता कोषाध्यक्ष वीरवहादुर किसानको स्वागत र सचिव ऋषीराम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।