Sorry, that menu does not exist.
 

बर्षाैँ पछि बजारमा आयो, सुनेर कहिल्लै धित नपुग्ने मौलिक तामाङ्ग गीत

प्रेम सुनार बुटवल, २०७५ असोज १४ । धेरै बर्ष पछि पुर्वेली लयमा तामाङ्ग समुदायको एउटा मन छुने गीत हालै बजारमा आएको छ । तामाङ्ग सांस्कृतिक संरक्षमा देश कै चर्चित गायक जंगबहादुर घिसिङले तामाङ सेलो जुहारी सुनकोशी घुम्दै आउँदामा। मा बोलाको गीत बजारमा ल्याएर थप चर्चा बटुलेका छन ।

युट्युव मार्फत गीत सार्वजनिक गर्दै गायक घिसिङले तामाङ गाँउघरमा चलन चल्तीमा रहेको मौलिक भाकालाई गीतमा जिवन्त रुपले प्रस्तुत गर्न सफल भएका छन । उनलाई स्वरमा साथ दिएकी छन अर्की चर्चित गायिका ईन्दिरा गालेले ।

घिसिङले जात्रा तथा मेलामा गाउदै आएका तामाङ मौलिक शब्दलाई स्वर लयले थप सिंगारेका छन । घिसिङकै शब्द रचना रहेको उक्त गीतलाई सतर्क मिडियाले बजार व्यवस्थापन गरेको हो। तामाङ्गा गीत भनिए पनि पुर्व पश्चिका सबै समुदायले सुनिरहुँ लाग्ने उक्त गीतलाई सवै समुदाय र क्षेत्रका श्रोत एर्व दर्शकले रुचाई दिने अपेक्ष गायक तथा सर्जक घिसिङले गरेका छन ।

Attachments area

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply