कुसुम थिङ्ग, बागलुङ २०७५ असोज १५ । बागलुङ नगरपालिकाले आज २८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा जेष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मुल नाराका साथ आयोजना गरेको कार्यक्रममा नगरपालिकाका १४ वडाका २८ जना जेष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ । प्रत्यक वडाबाट एक पुरुष र एक महिला गरी २८ जना छनोट गरी पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख जनक पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका उपप्रमुख विष्णु भुसाल, नगरप्रमुख पौडेल, प्रजिअ बेदप्रसाद खरेल, प्रहरी उपरीक्षक दीपक रेग्मीले जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मानित गरेका थिए ।
सम्मानित हुने जेष्ठ नागरिकहरुमा देवबहादुर श्रेष्ठ, स्वामी रमेशानन्द केसरी, टीकाराम सापकोटा, काजी रोशन, मोहम्मद हुसैन, लक्ष्मण कुमाल लगायत रहेका थिए । सो अवसरमा सासूससुरा जेष्ठ नागरिकको राम्रो सेवा सुश्रुसा गर्ने बुहारी बबिता ओझालाई समेत सम्मानित गरिएको थियो ।
कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रिय अध्यक्ष राम्जी सुवेदी, स्वामी रमेशानन्द केसरी, काजी रोशन लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य सामाजिक विकास समितिकी सदस्य कालिका सापकोटाले दिएकी थिईन् । कार्यक्रमको सन्चालन भने बानपा वडा नं ९ का अध्यक्ष गणेश थापाले गरेका थिए ।
तस्वीर- अर्जुन ढकाल, बागलुङ ।
बागलुङ नगरपालिकाव्दारा १४ वडाका पुरुष/महिला गरी २८ जना जेष्ठ नागरिक सम्मानित !
२०७५ आश्विन १५, सोमबार १७:४६
Home Slider, Top News, प्रमुख समाचार
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०