घनश्याम गौतम, गल्कोट २०७५ असोज १५ । गल्कोट नगरपालिकामा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेहरुमाथी गरिएको कार्बाहीबाट २ महिनामा १ लाख ५ हजार ५ सय राजस्व संकलन भएको प्रहरी चौकी हटियाले जनाएको छ ।
चौकीका अनुसार मोटर साईकल ९९ वटा, जिप ६४ वटा, बस ८ बटा, ट्रक १० बटा, ट्याक्टर २१ वटा र अन्य १ गरि २ सय ३ सवारी साधनहरुबाट नगद रु १ लाख ५ हजार ५ सय राजस्व संकलन गरिएको ट्राफिक प्रहरी पुर्ण बहादुर श्रेष्ठले जानकारी दिए ।
श्रेष्टका अनुसार सबारी चालक अनुमति पत्र नभएको, ब्लू बुक नभएका, सडक नियम पालना नगरेको, क्षमता भन्दा बढि यात्रु चढाएको, मादक पदार्थ सेबन गरि सबारी सञ्चालन गरेको लगाएतका गतिबीधी गरी नियम बिपरीतका कार्य गरेका सबारी साधानमा गरिएको कारबाहीबाट उत्त राजश्व संकलन भएको हो । चाडपर्बको अबसरमा हुन सक्ने दुर्घटना, ट्राफिक नियम उल्लगन रोक्न चेकीङलाई तिब्र पारिएको श्रेष्ठले बताए ।