Sorry, that menu does not exist.
 

मुलुकको एक मात्र ढोरपाटन शिकार आरक्षमा रिसर्चका लागि आउनेहरुको संख्यामा बृद्धि !

झरना कँडेल, बुर्तिवाङ २०७५ असोज १५ । आन्तरिक एवं बाह्य पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको ढोरपाटन उपत्यका पछिल्लो समय रिसर्चको रुपमा बिकसित हुदै गएको छ । ढोरपाटन नगरपालिको वडा नं ९ मा अवस्थित बिश्वप्रशिद्ध ढोरपाटन शिकार आरक्षमा बिभिन्न शिक्षण संस्थाहरुबाट रिसर्चका लागी आउने क्रम बढ्न थालेको हो ।

बिशेष गरी उच्च हिमाली क्षेत्रमा पाईने जडीबुटी बनस्पति हावापानी ,पशुपक्षी र वातावरणीय प्रभावको अध्ययनका लागि त्रिभुवन बिश्वबिद्यालय तथा काठमाडौ बिश्व बिद्यालयमा वाताबरण बिज्ञान बिषयमा डिप्लोमा , तथा मास्टर्स अध्ययन गर्ने बिद्यार्थीहरु आउन थालेका छन् ।

यसैबिच यसबर्षपनि काठमाडौ बिश्वबिद्यालयका प्राध्यापक प्रकाश अर्याल र काठमाडौ बिश्वबिद्यालयमा मास्टर्स डिग्री अध्ययन गरिरहेका १६ जना बिद्यार्थी र अन्य २ जना शिक्षकको टीम ढोरपाटनमा अध्ययन तथा अबलोकनका लागी आएको ढोरपाटन शिकार आरक्षका सिनियर गेम स्काउट सागर सुबेदीले बताए ।

एक हप्ताको रिसर्च प्याकेजमा आएको सो टोलीले हिमाली क्षेत्रमा पाईने जडीबुटी बनस्पति हावापानि ,पशुपक्षी र वातावरणीय प्रभाव ढोरपाटनका मानिसहरुको रितीरिवाज रहनसहन तथा त्याहाँको भौगोलिक अवस्थाको अध्ययन गरेर फर्कने काठमाडौ बिश्वबिद्यालयका प्राध्यापक प्रकाश अर्यालको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply