झरना कँडेल, बुर्तिवाङ २०७५ असोज १५ । ढोरपाटन नगरपालिकाले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को ब्यवस्था अनुसार नगरपालिकाको आफ्नै मातहतमा रहने गरी गत असोज ७ गते छनोट गरेका ५ जना नगर प्रहरीहरु असई चामन बिश्वकर्मा प्रहरी जवान पुरुष तर्फ कृष्ण बहादुर घर्ति मगर र खिम बहादुर विश्वकर्मा महिला तर्फ सीता विश्वकर्मा र भिम कुमारी कुमाललाई आज नगरप्रमुख देवकुमार नेपालीले नियुक्ती पत्र प्रदान गरेका छन् । सो अबसरमा बोल्दै नगरप्रमुख नेपालीले नगरको रेखदेखका लागि खुल्ला प्रतिस्पर्धाबाट भर्ना गरीएको बताउदै, छनौट भएका नगर प्रहरीहरुलाई आवश्यक प्रशिक्षण पछि मात्रै नगरभित्र परिचालन गरिने बताए ।
उनले नगरप्रहरी पदमा नियुक्ती भएकोमा सफल कार्यकालको शुभकामना दिदै नगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने दायित्व समेत नगर प्रहरीको रहने भएकाले नगरपालीकाको हितमा रहेर काम गर्न निर्देशन दिए ।
नगर प्रहरीले फुट्पाथमा राखिएका पसलहरुको ब्यवस्थापन, नगरभित्र रहेका पसल दर्ता भएको छ वा छै्रन हेर्ने लगाएतका काम रहने उनले बताए । नगर प्रमुख नेपालीका अनुसार विशेष नगरपालिकाको निति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयनको भुमीका रहने बताए । यस्तै नगरप्रहरीले बजार तथा पार्किङ्ग स्थलको रेखदेख र व्यवस्थापन, नगर सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेको मिलापत्र तथा निर्णयको कार्यन्वयन, विपद् व्यवस्थापन सम्बन्धी खोजी, उद्धार, राहत तथा पुनःस्थापना, जथाभावी विज्ञापन तथा होडिङ्ग बोड राख्न नदिने, छाडा पशु चौपायाको नियन्त्रण गर्ने, सार्वजानिक सम्पत्तिको अतिक्रमणमा रोकथाम गर्ने लगाएतका कामहरुको जिम्मेवारी नगर प्रहरीमा रहेको नगर प्रमुख नेपालीले बताए ।
१ जना नगर प्रहरी सहायक निरीक्षक र २÷२ जना पुरुष÷महिला नगर प्रहरी जवान गरी जम्मा ५ जना नगर प्रहरीको आवेदन खुल्ला गरिएको थियो । नगर प्रहरी सहायक निरीक्षकका लागी ५ जना र नगर प्रहरी जवानका लागी ४० जना गरी ४५ जनाले आवेदन दिएका थिए ।ढोनपाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलका अनुसार, नगर प्रहरी छनौटका लागि गत असोज १ गते सोमबार र ५ गते शुक्रबारका दिन शारीरिक परिक्षण, लिखित र अन्तरर्वाता गरी तिन किसिमको परीक्षा लिइएको थियो । जस अन्तर्गत सबै चरण पार गरेर ५ जना उत्कृठ छनोट भएका थिए ।
आजको कार्यक्रममा ढोरपाटन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेल , लेखापाल अमृत प्रसाद पौडेल , नगरप्रमुखका स्वकीय सचिब केशर बहादुर छन्त्याल लगायतको उपस्थीतरी रहेको थियो ।