Sorry, that menu does not exist.
 

“लघुवित्त आर्थिक समृद्धिको आधार स्तम्भ हो”– मन्त्री लम्साल

पर्वत, २०७५ असोज १६ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातारण मन्त्री विकास लम्सालले लघुवित्त आर्थिक समृद्धिको आधारस्तम्भ भएको बताएका छन् । सोमबार पर्वतको फलेवासमा भएको जनसेवी लघुवित्त वित्तिय संस्थाको केन्द्र प्रमुख तथा उपप्रमुखहरुको भेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले थोरै आय आर्जन गर्ने वा प्रचलित बैङ्कहरूसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरूप्रति लक्षित वित्तीय संस्थाले अति बिपन्न परिवारलाई आर्थीक समृद्धि तर्फ हिड्याउन ठुलो भुमिका खेलेको बताए ।

न्यून आय भएका मानिसहरूको वित्तीय सेवासम्म पहुँच र्पुयाउनाले गरिबीबाट माथि उठ्न सहयोग मिल्ने बताउदै आधारभूत वित्त सेवा उपलब्ध गराउनु र लघुवित्तले गरिबप्रति लक्षित गरि बिभिन्न सेवा दिनुले अतिविपन्न परिवारको दैनिकी परिर्वतन भएको बताए ।

ठूला बैंकहरु ठूला लगानीकर्ताका लागि उपयुक्त भएपनि साना उद्यमी तथा व्यवसायीहरुका लागि लघुवित्त लगानीको प्रभावकारी माध्यम भएको बताउँदै मन्त्री लम्सालले भने “जमानी राख्नका लागि सम्पत्ति नहुनेहरुका लागि पनि लघुवित्त प्रभावकारी माध्यम बनिरहेको छ ।” गाउँगाउँ तथा टोलटोलमा पुगेर विपन्न जनताले गर्ने सानातिना आयआर्जनमूलक कार्यमा लगानी विस्तार गर्न लघुवित्तलाई आग्रह गर्दै मन्त्री लम्सालले भने “नीतिगत बाधा भए हामी फुकाउँछौं, लगानीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्छ, निर्धक्क भएर तपाईहरु लगानी गर्नुहोस् ।

पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको उक्त वित्तिय संस्थाले देभरीका विभिन्न १० वटा जिल्लामा २१ वटा शाखा मार्फत् वित्तिय कारोवार गरिरहेको छ । कूल नौ करोड २० लाख चुक्ता पूँजी रहेको उक्त संस्थाले विभिन्न निकायको सहयोगमा एक अर्ब २५ करोड रकम गरिब तथा विपन्न परिवारका लागि लगानी गरेको संस्थाका संचालक समितिका सदस्य मेघनाथ सुवेदीले बताए । संस्थाका अध्यक्ष विकास गौचनको अध्यक्षता तथा संस्थाका वरिष्ठ प्रबन्धक शम्भुप्रसाद पाण्डेको संचालनमा भएको उक्त कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, उपप्रमुख मञ्जु अधिकारी, उक्त संस्थाका संचालक समितिका सदस्य मेघनाथ सुवेदी लगायतका बोलेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply