Sorry, that menu does not exist.
 

नारी शक्तिको आयोजनामा बुर्तिवाङमा नारी दिवस, प्रमुख अतिथी प्रजिअ पाण्डे !

कृष्ण कँडेल, बागलुङ २०७३ फागुन २४ । १ सय ७ औं अन्तराष्ट्रिय नारी दिवसको अबसरमा नारी शक्ति बुर्तिबाङले बुधवार पश्चिम बागलुङको बुर्तिबाङ बजारमा नारी दिवस विशेष कार्यक्रम गर्दै छ ।

बदलिँदो परिबेशमा कामकाजी महिला, सन् २०३० सम्म बराबारी पाईला भन्ने मुख्य नारा तथा महिला सम्मानको आधार, सिपयुक्त हात र स्वरोजगार भन्ने सहायक नारासहित कार्यक्रम गर्न लागिएको नारी शक्ति बुर्तिबाङकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिईन् । नारी शक्ति बुर्तिबाङको आफ्नो नारा भने सक्षम महिला समृद्ध नेपाल रहेको छ ।

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पहिला अधिकारको बारेमा विशिष्ट व्यक्तित्वबाट सम्बोधन सहित चर्चित कलाकारहरुको सांस्कृतिक प्रश्तुति रहने आयोजकले जनाएको छ ।

सो अबसरमा कलाकारहरु बैकुण्ठ महत, शिलु भट्टराई, शितल शर्मा तथा स्थानिय कलाकारको पनि प्रश्तुति रहने सचिव कृष्णकुमारी आचार्यले जानकारी दिनुभयो । भोली विहान ११ बजेदेखि बुर्तिबाङ बसपार्कमा हुने कार्यक्रमको रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्जले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नारी दिवश महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले ¥याली, गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम गरेर मनाउने गर्दछन् । सन् १९११ को मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाउन सुरु गरिएपछि संसारभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिएको हो ।

अहिले नेपालको संविधानमा पनि जनसङख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाहरु को रहेक क्षेत्रमो समान सहभागितालाई उच्च प्रथमिकता सहित जागिर तथा नेतृत्वमा आरक्षणको व्यवस्था गरिएको छ ।

सरकारी नीति, कार्यक्रम र कार्ययोजनामा महिलाको अधिकतम सहभागितालाई सुनिश्चित गर्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply