Sorry, that menu does not exist.
 

आफैले नगर्दासम्म केही नहुने चीन भ्रमणबाट बुझेको मुख्यमन्त्री गुरुङको स्पटोक्ति

माधब पराजुली, पोखरा २०७५ असोज १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङ ५ दिने चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । चीनस्थित हाइनान प्रान्तको विकास र मुख्य आर्थिक क्षेत्रलाई मसिनो गरि नियालेर उनी मंगलबार स्वदेश फिर्ता भएका हुन ।

चीन भ्रमण गरेर फर्केका मुख्यमन्त्री गुरुङले पत्रकार सम्मेलन गर्दै भ्रमण केसो ढुङ्गा सावित भएको बताए । ‘विकास गर्ने आफैंले रहेछ भन्दै उनले आफैंले नगर्दासम्म केही नहुने चीन भ्रमणबाट बुझेको उनको भनाई थियो ।

‘१९८८ मा नेपालको कर्णालीजस्तै रहेको चीनको हाइनान प्रान्तको ५० वर्षको अन्तरालमा ठूलो प्रगति गरेको पाइएको बताए । चीनमा स्थिर राजनीति, स्रोत साधनको व्यवस्थापन र केन्द्रिकृत शासन प्रणालीको महत्वपूर्ण भूमिकालेनै फड्को मार्न सकेको उनको भनाई थियो ।

चीन भ्रमणको क्रममा आफूले गण्डकी प्रदेशमा लगानीका क्षेत्रहरुबारे कुरा राखेर फर्किएको उनले बताए । गण्डकी प्रदेश सरकारको तर्फबाट हाइनान प्रान्तका गर्भनरलाई नोभेम्बर १२ मा भ्रमण गर्न निम्तो दिइएको बताउदै उनको भ्रमणमा महत्वपुर्ण सम्झौतामा हस्ताक्षर हुने दावी गरे । हइनानका गर्भनर पोखरा आएका बेला हाइनान र गण्डकी प्रदेश, दुई प्रदेशको राजधानीबीच मितेरी साइनो गाँस्ने सहमति भएको उनले जानकारी दिए ।

चीनले टेक्निकल इन्स्टिच्युट, औषधिको कारखाना, ऊर्जा,पर्यटन,उद्योग,होटल व्यवसाय तर्फ लगानी गर्न चासो देखाएको उनले बताए । । नेपाली विद्यार्थीलाई भोकेसनल र टेक्निकल अध्ययनमा छात्रवृति उपलब्ध गराउने विषयमा पनि कुराकानी भएको उनले बताए ।

चीन भ्रमण गरेर आएका मुख्यमन्त्री लाई गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल,सामाजिक विकास मन्त्री नरदेवी पुन लगाएतले पोखरा विमानस्थलमा स्वागत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply