बागलुङ २०७५ असाेज १९ । मालिका सेवा समाज,बागलुङद्वारा बा.न.पा-५,मालिका,बान्द्रेमा अवस्थित कृष्ण आधारभुत बिद्यालयमा अध्ययनरत चेपाङ तथा विपन्न परिवारका ५ जना बालबालिकाहरु सुनिता चेपाङ, सुस्मिता चेपाङ , सिता बि.क, रेजिना सापकोटा र गणेश सापकोटालाई बिद्यालयमा अध्ययन गर्ने अवधिभर पोशाक, स्टेसनरी लगायतका सम्पूर्ण शैक्षिक सामाग्रीको खर्च संस्थाले बेहोर्ने गरि शैक्षिक अभिभावकत्व ग्रहण गरेकाे छ । आज विद्यालयमा आयोजित कार्यक्रममा यस्को घोषणा गरिएको थियो ।
संस्थाका अध्यक्ष दुर्गा कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले प्रमुख अतिथीको आसनबाट बोल्दै शिक्षा जस्तो क्षेत्रमा संस्थाले विभिन्न समयमा गरेको सामाजिक कार्य प्रती प्रसंशा गरे । उनले यि संस्थाले देश तथा बिदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएकोमा खुसी समेत व्यक्त गरेका थिए ।
जिल्ला समन्वय समितिमा पमुख राजेन्द्र ढंगानको विशिष्ट अतिथ्यता रहेको कायक्रममा बानपा ४ का वडाध्यक्ष शिव सापकोटा, कार्यपालिका सदस्य कालिका सापकोटा, सल्लाहाकार कलप्रसाद सापकोटा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणि सापकोटा, प्रधानाध्यापक दयाराम सापकोटाले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष बिष्णु कुँवर र सन्चालन संस्थाका सचिव तेजबहादर कुँवरले गरेका थिए ।