घनश्याम गौतम, गल्कोट २०७५ असोज १९ । गल्कोट नगरपालिकाले दशै तिहार जस्ता महत्वपुर्ण पर्बलाई लक्षीत गरि गल्कोटका अधिकांश ग्रामीण सडक मर्मतलाई तिब्रता दिएको छ । गल्कोट नगरपालिकाले बजेट बिनियोजन गरि नगरपािलका क्षेत्रभित्रका सम्पुर्ण ग्रामीण सडकको मर्मत तथा सहज आवत जाबत गर्ने बाताबरण निर्माण गर्न लागेको हो ।
हटिया बजार देखि नगरपालिकाको कार्यालय जाने बाटोमा बनाउन लागिएको पुल बर्षौदेखि अलपत्र अबस्थामा हुँदा यात्रीले दुःख पाएका हुछन् । उक्त शिबालय घाटमा आज अस्थाई रुपमा सञ्चालन हुने गरि मोटरबाटोको निर्माण गरिएको छ । शिबालय घाटमा स्काभेटर प्रयोग गरि सडकको उचाई बढाइएको छ भने सडको माथिबाट एकैनासको पानी बग्ने बनाइएको छ । उक्त शिवालय घाट निर्मार्णको लागी नगरपालिकाले स्टिमेट गरि निर्माण गरि स्टीमेट बमोजिम सडक निर्माण गरेको हो । शिबालय घाटको मोटरबाटो निर्माण भएलगतै साना तथा ठुला सबारी साधन सञ्चालनमा आएका छन् ।
तथा वडा नम्बर ५ को बसाहघाट नजिकको उकालो ब्यबस्थापन गर्ने गरि एकमुष्ट स्टिमेट तयार गरिएको थियो । केही दिन भित्र उक्त बडा नम्बर ५ र ६को बसाहघाटमा र सोहि ठाउको उकालोको समेत स्तरीकरण गर्ने निरिक्षक योगेश भण्डारीले जनाकारी दिए । मोटरबाटो निर्माणमा युवा उद्यमी योगेश भण्डारी र होम थापाले सक्रियरुपमा सहभागीता जनाएका थिए ।