भरत सापकाेटा, बागलुङ २०७५ असाेज २३ । काठेखोला गाउँपालिका ५, विहुँकोटका खिमानन्द कँडेलले तल्लो काउले पीडित राहत अभियान अन्र्तगत हालसम्म सात लाख भन्दा बढी रकमको प्रतिवद्धता देश तथा विदेशमा रहेका विहुँकोटे एवं अन्य समुदायबाट सहयोग प्राप्त भएको बताएका छन् ।
उनले बिज्ञप्ति जारी गरि पटक पटक तल्लो काउले पुनः स्थापना अभियानको लागि व्यक्तिगत रुपमा मैले समाजसेवी प्रमानन्द कँडेल र काठेखोला गाउँपालिका कार्यपालिका सदस्य हेमलाल विकले वडा अध्यक्ष शिव प्रसाद कँडेललाई गठन गर्न अनुरोध गर्दा समेत विभिन्न बहानामा पुनः स्थापना नगरी पीडितहरुलाई सामान्य चामलको बोरा र देखावटी सहयोग गर्न खोजेको गलत कदमको व्यक्तिगत रुपबाट भ्रत्सना गर्न चाहन्छु भनेका छन्।
उनले वडा अध्यक्ष शिव प्रसाद कँडेलबाट यस सहयोग अभियानमा स्थानीय स्तरको समन्वयमा कुनै पनि आर्थिक सहयोग संकलन अभियान नचलाएको र आर्थिक सहयोगको अपिल गर्न समेत गरेको कन्जुस्याईको समेत भ्रत्सना गरेका छन् ।
कँडेलले असाेज २२ गते वितरित गरिएको एक लाख बीस हजार रकम समेत तल्लो काउले पीडित राहत अभियान अन्र्तगतको पहलमा जापानमा रहेको जनकल्याणकारी संस्थाको तर्फबाट उठाएर पठाईएको रकम हो र यसको लागि म पुनः जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कँडेल एवं समस्त पदाधिकारी एवं सदस्य साथीहरुलाई धन्यवाद ज्ञापन गदै यस बाहेक पनि बागलुङ सेवा समाज क्यानडाको तर्फबाट रु. १ लाख विहुँ पशुपति निउरेसँग प्राप्त भएर बसेको छ र यो समेत तल्लो काउले पीडित राहत अभियान अन्र्तगत हाल क्यानडामा रहेका विहुँ ७ पैराका पात्लेखेते विष्णु प्रसाद कँडेलको पहलमा जम्मा भएको व्यहोरा अवगत गराउदै यस बाहेक हाल केही रकम युके हेल्प नेटवर्क, युकेमा रकम संकलन भएर बसेको छ र यसमा संस्थागत पहल गर्न भूमिका निर्वाह गर्नुहुने प्रेम कँडेल एवं अन्य समस्त साथीहरुलाई धन्यवाद िदएका छन् । यस बाहेक प्राप्त भएको रकमको जानकारी दशैंमा विहुँ आएको बेलामा पीडितहरुसँग कार्यक्रम राखेर सार्वजनिक गर्ने बताएका छन्।