भरत सापकोटा, बागलुङ २०७५ असोज २३ । काँठेखोला गाउँपालिका वडा न ५ विहुँकोट सिरपालि अवस्थि नवयुवक बिद्यालयलाई गत २०७२ मा जिल्ला कार्यलय बाग्लुङ बाट १९ लाख ५०हजारमा निर्माण गर्न बिनियेजित रकमबाट निर्माण गरिएको ३ तिन कोठे भवन र २०७४ सालमा जिल्ला शिक्षा बाट रु १६ लाखमा निर्माण गर्न विनियोजित रकम बाट निर्माण गरिएको दुई वटै भवनको गाउंपालिका अध्यक्ष अमर थापाले उद्घाटन गरेका छन्।
उद्घाटन समरोह बोल्दै यस शैक्षिक सत्रबाट विद्यालय मर्च गर्ने निति तथा कार्यत्रम रहेकाले बिद्यार्थि भएका विद्यालय हरु मा शिक्षक ब्यबस्थापन गर्ने योजना रहेको ले नवयुवक आधारभुत विद्यालय पहिलो प्राथामिकता रहने उद्घोष गर्दै विद्घयार्थिहरुको शैक्षिकस्तर बृद्धि गर्न जङ्क फुड खान रोक्दै स्थानिय खानाहरु कोदो मकै जस्ता स्थानिय खानालाई खाजाको रुपमा ब्यबस्था मिलाउन आग्रह गर्दै त्यस्को लागत ९दिवा खाजा कार्यक्रम ०गाउपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरे । उनले यस बिद्यालयको भातिक अवस्था तेति नमिलेको सौचालयहरु पनि बिद्यार्थिहरुले प्रयोग गर्ने अवस्था को नरहेकाले गाउँपीलिका ले तर्फ बाट के गर्नु पर्ने हो त्यो योजना सहित गाउंपालिका मा पेस गर्न बिद्यालय प्रसासंन लाई आग्रह गरे ।
सो कार्यक्रममा वडा अध्यक्ष शिव प्रसाद कडेंलले वडा ५ मा रहेका ४ वटा आधारभुत विद्यालयहरु मध्ये निजि श्रोतबाट तलव खुवाएर बिद्यालय सन्चालन गर्नुपरेको यस बिद्यालय लाई रु १लाख रुपैया विनियोजित गरिएको बताउदै आफुले जनता काम गरिरहेकाले अझै तिन बर्ष पनि जनताकै काम तल्लिन भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो कार्यक्रममा बिद्यालयको आर्थिक तथा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्र अ देवनारायण सापकोटा ले आम्दानि रु २७ लाख ७हजार ४सय पाँच आम्दानि र खर्च २१लाख ६२हजार ४सय ६३ रहेको र कुल बचत रु ५ लाख ४४ हजार ९ सय ४२ रहेको बताउदै बिद्यालयको अवस्था अत्यन्तै नाजुक रहेको र स्थानिय तथा शिक्षा प्रेंमिहरु देश तथा प्रदेश रहेका मनकारी मनहरुले चन्दा संहयोगले मात्र विद्यालय सन्चालन भएको बताउदै यसमा सरकारी दरबन्दी नहुदा ठुलो कठिनाई भएकाले मनकारी मनहरुबाट अझै सहयोगको आशा राखेको बताए।
सो कार्यक्रममा गाउंपालिकाका शिक्षा अधिकृत हरि आचार्य श्रोत ब्यक्ति रमान्नद कडेल वडा सदस्य खगिशरा न्यौपाने लगाएत ले बोल्नु भएको कार्यक्रम को स्वागत शिक्षिका अमृता सुनार र सन्चालन शिक्षक अमर सेजुवाल ले गर्नु भएको कार्यक्रम मा स्थानिय कलाकार बिहुँकोटे साईलो प्रेम श्रीष र बिद्यार्थी हरुले समेत सांगितिक प्रस्तुति राखेका थिए।
विद्यालय ब्यबस्थापान समितिको अध्यक्ष बालाकृष्ण सापकोटा को अध्यक्षता मा सम्पन्न भएको थियो ।