सिर्जना पन्त, बागलुङ २०७५ असोज २५ । गाउ गाउमा सामुदायिक स्वास्थ्य ईकाइको गठन गरिएपछि गाउमै स्वास्थ्य उपचार गराउनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । काठेखोला गाउपालिका धम्जा सामुदायिक स्वास्थ्य ईकाइ बागलुङले आयोजना गरेको समिक्षा, उपाहार हस्तान्तरण तथा अक्षय कोष स्थापना गर्ने कार्यक्रम गाउकै स्वास्थय ईकाइमा उपचार गराउन आउनेहरुको संख्यामा वृद्धि भएको बताईएको हो ।
भदौं महिनामा मात्रै सामुदायिक स्वास्थ्य ईकाइ धम्जाबाट ४ सय ६० जनाले स्वास्थ्य उपचार गराएका छन् । स्वास्थ्य ईकाबाट भदांै महिनामा ५ जनाको गर्भ जा“च, ५ जनालाई डिपो सुई लगाईएको, ८ जनाको सुगर परिक्षण गरिएको, विद्यालयमा पुगेपछि महिनावारी भएका ५ जना विद्यार्थीलाई सेनेपटरी प्याड वितरण लगाएतका सेवा सुविधा प्रद्धान गरिएको सामुदायिक स्वास्थ्य ईकाइ धम्जाका व्यवस्थापन समिति अध्यक्ष याम बहादुर श्रीषले बताए । स्वास्थ्य ईकाईमा सायकटेरा, असौजे, ओख्ले, माझकटेरा, डोहेरी, सीम, पाला, तितौरे, तारेभिर, धम्जा, तङग्राम, फापारखेत, अमरभुमि, तित्याङ लगाएतका स्थानका व्यक्तिले सेवा लिएको बताईएको छ । जन्मेदेखि ८२ वर्ष उमेर समुहका व्यक्तिहरुले स्वास्थ्य ईकाइबाट सेवा लिएको बताईएको छ । त्यस्तै सामुदायिक स्वास्थ्य ईकाइको लागि ७ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा रमनबहादुर छन्त्याल, इन्द्र बहादुर भण्डारी, बम बहादुर खड्का, भिमलाल आले, मन कुमारी भण्डारी, रुद्र बहादुर थापा र अमर बहादुर श्रीष रहेका छन ।
कार्यक्रममा स्वास्थ्य ईकाइलाई गाउपालिकाका विभिन्न व्यक्तिहरुले उपहार हस्तान्तरण गरेका छन् । स्थनिय लिला भण्डारीले विरामीको शरीरको नाडी र अक्सीजन मापन गर्ने प्लस ओक्समीटर, शान्ति भण्डारीले ३० प्याकेट भेजाइनल प्याड, मिनाकुमारी छन्त्यालले ५० थान पिसाप परिक्षण किट, चित्र बहादुर छन्त्यालले १ जोडी बैसाखी, माया भण्डारी, गौरीमाया आले ले सजावटको फुल सेट, भिम बहादुर खड्काले ३० वटा फुल रोप्ने गमला, श्रीकृष्ण मेडिको कन्र्सन बागलुङले नेबुलाइजर मेसिन, भारी ग्लास हाउस बागलुङले १ थान ऐन, राम बहादुर भण्डारीले १ क्वीन्टल आयो नुन र अनिल विकले पावर म्याट, इनेमा पट र क्याथेटर उपहार स्वरुप हस्तान्तरण गरेका छन् ।
त्यसैगरी स्वास्थ्य ईकाइमा गुढास्तरीय र सर्वशुलभ स्वास्थ्य सेवा दिनको लागि अक्षय कोष स्थापना गरिएकोक छ । स्थानिय लोक बहादुर भण्डारीले आफ्नी स्वर्गीय आमा मायादेवी भण्डारीको सम्झनामा १० हजार, वडा कार्यालयका प्राविधिक सहायक मनहरी कंडेलले ५ हजार ५ सय, स्थानिय इन्द्र बहादुर भण्डारीले आफ्नी स्वर्गीय आमाको मानकुमारी भण्डारीको सम्झनामा ५ हजार ५ सय, चित्र बहादुर छन्त्यालले १५ हजार ५ सय ५५, मन कुमारी भण्डारीले आफ्ना स्वर्गीय श्रीमानको सम्झनामा ५ हजार ५ सय गरि ४२ हजार ५५ रुपैया बराबरको संयुक्त अक्षय कोष स्थापना गरिएको हो । आगामी दिनमा कोषमा रकम थप्दैं जाने र अन्य व्यक्तिहरुलाई पनि कोषमा रकम राख्न आग्रह गर्ने व्यवस्थापन समिति अध्यक्ष याम बहादुर श्रीषले बताए ।