Sorry, that menu does not exist.
 

गुल्मी ईस्मामा महोत्सव जारी : विकास र समृिद्धको लागि मिलेर काम गरौं – सचिव पन्थी

कौरव खत्री, गुल्मी २०७५ असोज २५ । गुल्मीको पालुखा माध्यमिक विद्यालय ईस्मा गाउपालिका २ हस्तिचौर, पालुखामा शैक्षिक तथा धार्मिक महोत्सवको तेस्रो दिन विविध कार्यक्रम सम्पन्न भएका छन ।

महोत्सवलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले शिक्षा विना विकास समृद्धि सम्भव नहुने भन्दै विकास र समृद्धिका लागि सबै पक्ष मिलेर शिक्षामा विकास गर्नुपर्ने बताए ।

साथै सचिव पन्थीले एउटा कुनै मान्छेको ठुलो महल बनाएर त्यसको वरिपरि गरिब राखेर समृिद्ध प्राप्त हुन सक्दैन, हामीले हरेक गरिबको मुहारमा खुशी ल्याउन सक्यौ कि सकेनौं भन्ने कुरा नै प्रमुख हो भन्दै पार्टी सचिव पन्थीले बिना आग्रह ्र पुर्वाग्रह नराखी राजनीतिक कुरा र विचारहरु ५ वर्षको १ पटक चुनावको समयमा मात्र गरौं तर अघिपछि हामी सबै विकास र समृिद्धको लागि मिलेर काम गरौं भन्दै विगतको समयमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उच्च शिक्षा हाँसिल गर्नको लागि लामो समय लगाएर अन्यत्र पढ्न गएको कुरा स्मरण गराउँदै अहिले भने माध्यमिक विद्यालय भएपछि विद्यार्थीहरुलाई अध्ययन गर्न निकै सहज भएको बताए ।

साथै सचिव पन्थीले अबको शिक्षा जीवन उपयोगी, सीपमूलक, व्यावसायिक र रोजगार मुलक हुनुपर्ने कुरामा जोड दिदैं आम नागरिकमा शिक्षाको पहुँच पु¥याउँदै गरिबी र अभावसँग प्रतिस्पर्धा गरेर गरिबलाई कसरी सम्पन्न गराउँन सकिन्छ भन्ने कुरामा लाग्न आग्रह गर्दै राज्यले गर्न नसकेको कामलाई पालुखाबासी समूदायले गरेकोमा धन्यवाद समेत व्यक्त गरे ।

साथै सचिव पन्थीले भने देशमा धेरै ठुला परिवर्तनहरु भएता पनि शिक्षाको क्षेत्रमा आशा गरेअनुसार परिवर्तन हुन नसकेको बताउँदै विद्यालयसँग आफ्नोे भावनात्मक सम्बन्ध रहेकाले विद्यालयको भविष्यको लागि सबै एकजुट हुनुपर्ने बताउँदै उनले विद्यालयमा सञ्चालन भैरहेको शैक्षिक तथा धार्मिक महोत्सवमा आफु सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै आफुले विद्यालय प्रति सधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महोत्सवमा नेविसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का क्षेत्रिय सभापति भगतसिंह खड्का, नेपाल प्रेस युनियन केन्द्रिय प्रतिनिधि कौरव खत्री, नेपाल प्रेस युनियन गुल्मीका सचिव रमेश वि.क., नेपाल तरुण दल रेसुङ्गा नगरपालिकाका नगर सभापति कृष्ण पाण्डेय, नेविसंघ गुल्मीका सचिव निर्मला पन्थी, नेविसंघका युवा नेता धर्म पाण्डेय लगायतको सहभागिता रहेको थियो ।

महोत्सवमा युवासन्त बालयोगेश्वर महाराज श्री को वाचन संगितमय तथा झाँकी प्रस्तुत गरिएको छ । गत २२ गतेदेखि सुरु भएको महोत्सव असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सव मुल समारेह समितिले जनाएको छ ।

महोत्सवको तेसा्रे दिनसम्म कुल २७ लाख, २१ हजार, ६३ रुपैयाँ आर्थिक सहयोग एवं विद्यालयलाई झण्डै ३ रोपनी भन्दा बढि जग्गा समेत सहयोग भएको महोत्सवका आर्थिक संयोजक दल बहादुर विश्वकर्माले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply