कोपिला कँडेल, बागलुङ २०७५ असोज २५ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६३ औ प्रहरी दिवस बिबिध कार्यक्रमका साथ मनाएको छ ।
दिवसका अवसरमा प्रहरीले शान्ति सुरक्षा तथा बिपद न्युनिकरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्का त्यसैगरी प्रहरी चौकीको भवन निर्माणका लागि निशुल्क जग्गा प्रदान गर्ने गल्कोट नगरपालिकाका राम बहादुर कुवर र घनश्याम कुवरलाई लाई सम्मान गरेको छ ।
त्यसैगरी बर्षभरीका उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी निरीक्षक धर्मराज अधिकारी सहित दर्जन बढी प्रहरी जवान एबं बिभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने प्रहरीलाई सम्मान एबं पुरस्कृत गरेको छ । सम्मानित एबं पुरस्कृत सबैलाई प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपक रेग्मी र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले प्रशंसा पत्र सहित दोशल्ला ओडाएर सम्मान गरेका थिए ।
क गतिबिधि बिरुद्ध प्रहरी दुश्मन बन्नुपर्ने बताए । हिंसा तथा अपराधमा संलग्नका लागि प्रहरी दुश्मन र असल काम गर्नेका लागि साथी बन्नुपर्छ, प्रमुख जिल्ला अधिकारी खरेलले भने, आफ्नो साख र गरिमालाई बचाउनका लागि प्रहरी निरन्तर कर्तब्यनिष्ट र ईमान्दार बन्नुपर्दछ । उनले असल नागरिकको साथ लिएर प्रहरीले सबैखाले अपराध एबं हिसां नियन्त्रणका लागि काम गर्नुपर्नेमा जोड दिए । प्रहरी जनताको प्यारो संगठन बन्नुपर्छ, उनको भनाई थियो ।
त्यसैगरी नगरप्रम’ख जनकराज पौडेलले शान्ति सुरक्षा अपराध नियन्त्रण र अमनचयनका लागि प्रहरीले खेलेको भुमिका सराहनीय भएको बताउदै प्रहरी आम नागरिकको नजरमा विश्वसनीय बन्नुपर्नेमा जोड दिए ।
सो अवसरमा उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल पत्रकार महासघं बागलुङ शाखाका अध्यक्ष दिल शिरिष सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका अध्यक्ष दुर्गा बहादुर आचार्य र प”र्व प्रहरी कर्मचारी संगठनका अध्यक्ष माधव प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङ्गका प्रहरी उपरिक्षक दिपक रेग्मीको अध्यक्षता, प्रहरी नायब उपरीक्षक बालर्निसहं राणाको स्वागत मन्तब्य र प्रहरी निरिक्षक धर्मराज अधिकारीको संचालनमा सम्पन्न भएको थियो ।