घनश्याम गौतम, गल्कोट २०७५ असोज २६ । गल्कोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ र नेपाल पुलिस फाईनलमा प्रबेश गरेका छन् । बिभागीय टोली एपिएफले प्रदेश नम्बर ५ लाई पराजीत गरि फाईनलको यात्रा तय गरको हो भने नेपाल पुलिस क्लबले त्रिभुबन आर्मी कल्बलाई पराजीत गरि फाईनलमा प्रबेश गरेको हो ।
पहिलो सेमिफाईनलमा महिला भलिबलमा यस वर्ष ५ औं उपाधि जित्ने लक्ष्यमा रहेको सशस्त्र प्रहरी बल एपिएफले प्रदेश नम्बर ५ लाई २५–१९, २५–१५ र २५–१६ ले पराजीत गरेको थियो । त्यस्तै दोश्रो सेमिफाईनलमा नेपाल पुलिसले क्रमश २८–२६, २५–१५ र २५–१४ को सेटमा पराजीत गरेको थियो ।
२२ औ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिकोलागी शनिबार प्रतिस्पर्धा हुने भएको छ । शनिबार बिहान १० बजे तेश्रो स्थानको लागी त्रिभुवन आर्मी ल्कब र प्रदेश नम्बर ५ बिच प्रतिष्पर्धा हुने छ भने दिउसो १२ बजे फाईनल प्रतियागिात सञ्चालन हुने जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोश्रोलाई ३० हजार र तेस्रोलाई २० हजार नगद पुरस्कार दिने व्यवस्था पनि छ । त्यस्तै उत्कृष्ठ डिफेन्डर, उत्कृष्ठ सर्भर, उत्कृष्ठ सटर, उत्कृष्ठ स्पाईकर र उत्कृष्ठ ब्लकरलाई जनही ५ हजार रुपैया“को दरले नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । बागलुङ जिल्ला भलिबल संघले स्थानीय आयोजकको रुपमा कार्यक्रम राखेको हो । नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।