Sorry, that menu does not exist.
 

अमर मावि बिहुँमा आयोजित ३ दिने दशैँ मेला सम्पन्न !

भरत सापकोटा बिहुँ २०७५ असोज २६ । काठेखोला गाँउपालिका वडा नं ५ स्थीत अमर माध्यमिक विद्यालयले नेपालीहरुको महान चाडहरु विजयादशमी, दीपावली, छटपर्व तथा नेपाल संवतको अवसरमा ३ दिने कार्यक्रमको आयोजना गरी आज एक विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

आज सम्पन्न शुभकामना कार्यक्रममा हिजो र अस्ती संचालन गरिएका छात्र भलिवल, छात्रा भलिवल, खो खो, रिले दौड, लंगजम्प हाईजम्प, प्राथमिक तह स्तरीय हिसाव दौड प्रतियोगिता सम्पन्न गरिएको थियो । आजको कार्यक्रममा शैक्षिक सत्र २०७४ सालको विद्यालय प्रथम, व्दितिय, तृतिय, कक्षा प्रथम, द्धितिय, तृतिय, सवैभन्दा वढि हाजिर हुने, सरसफाई, अनुसासन,को पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका प्रथम र द्धितिय हुने विद्यार्थीहरुको पुरस्कार को सोज्यन्य पशुपती कापी उद्योगका प्रोपाइटर भवानी सापकोटाले गरेका थिए ।

सो कार्यक्रममा शैक्षिक सत्र २०७५ सालमा सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप कार्यक्रमको पुरस्कार , दशै मेलमा आयोजना गरिएका कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी प्रतिनिधी, जानकी कँडेल, विपिन परियार, शिक्षक राधा शर्मा पौडेल, अतिरिक्ति क्रियाकलाप संयोजक धर्मराज पन्थी, विद्यालयका सहायक प्रधानाध्यापक रघुपती शर्मा, विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम वहादुर पूनले २०७५ सालको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गरेका थिए । विद्यालयका प्रधानाध्यापक भिष्म कँडेलको सभापतित्व, सहायक प्र।अ। रघुपति शर्मा र वि।व्य।स सदस्य प्रेम वहादुर पूनको विशिष्ट अतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रमको सञ्चालन शिक्षक गणेश प्रसाद कँडेलले गरेकाको विद्यालयका सूचना अधिकारी दामोदर पौडेले ईबागलुङलाई बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply