भरत सापकाेटा, बागलुङ २०७५ असाेज २७ । काठेखोला गाउंपालिका वडा ६ मा अबस्थित ५२६ बर्ष पुरानाे बिहुँकोट मन्दिरको संरक्षण समितिव्दारा चन्दादाताहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
सो कार्यक्रमको उद्घाटन गर्दै गाउंपालिका अध्यक्ष अमर थापाले काठेखोला गाउंपालिकाको सबृद्धिको आधार यसै बिहुँकोटमा रहेका धार्मिक धरोहर बाटै सम्भव रहेको बताउदै यिनीहरु संरक्षणमा जनताहरु लागेको देख्दा गर्वले छाति चौडा भएको बताए। थापाले भने, यहाँ रहेका यी मन्दिरहरु धार्मिक तवरले मात्र हैन पुरातात्वक रुपले पनि धेरै महत्वपुर्ण रहेकाले बाह्य तथा आन्तरिक पर्यटकहरु भित्र्याउने र पर्यटन प्रबद्धन गर्ने हो भने गाउंपालिका विकासमा महत्वपुर्ण भुमिका रहने समेत जिकिर गरु । उनले जनताले यसरी संरक्षण गरिरहेका छन् चन्दा दिईरहेका छन् अझै यस्ता दानवीर खोज्नु पर्ने भन्दै गाउंपालिकाको सानो बजेटले यी धार्मिक धरोहरहहरुको बिकाश गर्न सम्भव नभएको बताउदै प्रदेश सरकारसंग आग्रह गर्ने समेत प्र्तिबद्धता जनाए।
काठेखोला गाउंपालिका र साबिक बिहुँ गाबिसमा रहेको कोट मन्दिरहरुमा प्रवेश गर्ने बाटो र मन्दिहरुका गेट आज एक कार्यक्रम को आयोजना गरि उद्धाटन साथै त्यो निर्माणमा सहयोग गर्ने सहयोगदाताहरुलाई पनि सम्मान गरिएको छ ।
सो अवसरमा रु २,४८,३८१ रुपैयाँ सहयोग गर्ने काठेखोला ६ गिठापाटा की मनरुपा कडेंल र उनका परिवारले तल्लो गेट त्यस्तै रु २,४८,३८१ रुपैयाँ सहयोग गर्ने काठेखोला ६ कै कलावती सुवेदी र उपल्लो गेट निर्माणमा उक्त रकम सहयोग गरेका थिए । काठेखोला गाउपालिका ५ कर्लिम निवासी धनपति कडेंलबाट मन्दिर जाने बाटो निर्माणमा रु १ लाख १५ हजार सहयोग, त्यस्तै काठेखोला ५ लामखुङ् की धनकुमारी कडेल बाट रु १ लाख ३० हजार रुैपैया र काठेखोला ५ दहपानीका देबिलाल कडेंल बाट रु ७५ हजार रुपैया मन्दिर जाने बाटो र सिडी निर्माण गर्न सहयोग गरेका थिए । सहयोग गर्ने सम्पुर्ण चन्दादाता र उनिहरुको परिवारलाई गाउंपालिका अध्यक्ष थापाले दोसल्ला ओढाएर र पन्चेबाजा व्दारा सम्मान समेत गरिएको थियो।
सो मन्दिरमा दैबिक शक्ति रुपमा सबैले विश्वास गरि पुजा अर्चना गरेको र सदियौ देखिनै यस धार्मिक पिठमा भक्तालुहरुको घुईचो लाग्ने गरेको छ । हाल दैलेख, बुटवल, चितवन, नवलपारासी, म्याग्दी, पर्वत र बाग्लुङ जिल्लाका सबै जसो गाउपालिका र नगरपालिकाबाट धेरै भक्तालु आउने गरेको पुजारी नहरी कडेंलले बताए । उनले भने, मनोकामना पुरा भएकाहरु बिश्वस्त भएरै मात्र आउने गरेका छन् त्यसैले यस क्षेत्रका भन्दा बाहिरका श्रझालु धेरै आउने गरेको पनि उनि बताउछन्।
सो कार्यक्रममा वडा ५ का अध्यक्ष शिव प्रसाद कडेंल ६ का अध्यक्ष युक्त प्रसाद कडेंल, गंगा कडेंल, ग्यामनाथ कडेंल, मिना न्युरे, चन्दादाताहरुको तर्फबाट ईन्द्रलाल सुवेदी, डिल प्रसाद कडेंल लगाएतले बोलेकाे कार्यक्रमको स्वागत वडा सदस्य लिलाधर ढुगंनाले गरेका िथए । कार्यक्रम मन्दिर सन्चालन समितिका अध्यक्ष छबिलाल कडेंलको अध्यक्षतामा समपन्न भएको थियो।