घनश्याम गौतम, गल्कोट २०७५ असोज २७ । गल्कोटमा आयोजित २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधी सशस्त्र प्रहरी बल (एपिएफ)ले जितेको छ । ५ औं पटक उपाधि उचाल्ने क्रममा सशस्त्र प्रहरी बल एपिएफले नेपाल पुलिस क्लबलाई पराजीत गरेको हो ।
२२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समापन समारोहमा बोल्दै संघिय सांसद देबेन्द्र पौडेलले राष्टिय भलिबले गल्कोट क्षेत्रको पर्यटन प्रर्बधनमा महात्बपुर्ण भुमिका खेलको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पौडेलले खेल क्षेत्रको बिकासको लागी अहिलेको सरकारले बिशेष योजना निर्माण गरको खुलासा गरे । महिला र पुरुष बिच बिभेद गर्न नहुने भन्दै पौडेलले भने,महिलाहरुलाई अग्रसर गराउदा सामाजिक एकता हुन्छ । सबै राजनैतिक दलहरु मिलेर बिकास निर्माणमा जुट्नुपर्ने उनको भनायृ थियो। पौडेलले ”भलिबल खेलमा महिलाहरुको जुन एकता छ, त्यो एकता सबै ठाउँ समाजमा हुनुपर्ने बताए।
त्यस्तै कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले राष्टिय महिला भलिबल प्रतियोगिाता गल्कोटमा सञ्चालन हुनु आफैमा गौरबको बिषय रहेको बताउदै स्थानिय खेलाडीलाई यो प्रतियोगिताले प्रात्साहन गरको बताउ । गैरेले भने, अब गल्कोटबाट पनि राष्टिय भलिबलमा प्रतिनिधीत्व गर्ने बाताबरण निमाण गर्नुपर्छ ।
नेपाल भलिबल संघका केन्दीय बरिष्ठ उपाध्यक्ष यम गुरुङले जिल्ला भलिबल संघले गल्कोटमा बिशेष ब्यबस्थापन गरि महिला भलिबल सम्पन्न गरेको भन्दै सम्मान गर्ने उद्घोष गरे ।
कार्यक्रममा राष्टि«य जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गल्कोट नगरपालिकाका प्रबक्ता हिम बहादुर भण्डारी हेमन्त लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम जिल्ला भलिबल संघ बागलुङका अध्यक्ष यम श्रीसको अध्यक्षता केन्दीय भलिबल संघका सचिब मानबिर छन्तयालको स्बागत तथा जिल्ला भलिबल संघ बागलुङका उपाध्यक्ष योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा त्रिभुबन आर्मि कलब तृतिय तथा प्रदेश नम्बर ५ सान्तोना भएका छन् । प्रतियोगितामा प्रथम भएको एपिएफले ५० हजार, दोश्रो भएको नेपाल पुलीसले ३० हजार र तेस्रो हुने त्रिभुबन आर्मी कल्बले नगद २० हजार प्राप्त गरेको छ ।
त्यस्तै उत्कृष्ठ डिफेन्डरमा , उत्कृष्ठ सर्भरमा, उत्कृठ सटरमा, उत्कृष्ठ स्पाईकरमा र उत्कृष्ठ ब्लकरमा लाई जनही ५ हजार रुपैया“को दरले नगद पुरस्काकोे व्यवस्था गरिएको थियो । नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिएको नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले जानकारी दिए ।