प्रकाश छन्त्याल बरेङ बागलुङ २०७५ असोज २७ । बरेङ गाउपालिका वडानं १ धुल्लुबास्कोट बरेङ स्थित विहानी बहुउदेश्यीय शहकारी संस्था लिमिटेड बरेङ गाउँपालीका १ धुल्लुबास्कोटको १० औ वार्षिक उत्सव शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले कार्यक्रमको उट्घाटन गर्दै सहकारीलाई उत्पादन पुजँीमा परिवर्तन गर्न सके समाज परिवर्तन गर्न सकिने बताए । उनले पुजिवादी र समाजबादी सिद्धान्त अङ्गालेका सवैले सहकारी अभियान अगालेका र कम्युनिष्टहरुले समाज परिवर्तनको मेरुदण्डको रुपमा ल्याउने गरेको बताए । यदी सहकारी चलाउने हो भने समाजका सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाई थियो ।
कतिपय सहकारी संस्थाहरु लथालिङ्ग भएको अवस्थामा गण्डकी प्रदेशमा सहकारी विधेयक पेश भएको र सो विधेयक पारित भएमा सहकारीमा आमुल परिवर्तन हुने उनको भनाइ छ ।
फरक प्रसङगमा थापाले अधिकांश सांसद सभासद भएपछि चप्पल लगाएर हिड्नेहरु कारमा चढ्ने, महलमा बस्ने प्रवृतिले नेताहरुलाई जनताले विश्वास नगर्ने गरेको उनको भनाइ छ ।
राष्ट्रिय सरकारले अहिलेको अर्थमन्त्री किनेर ल्याएकाले अहिलेको अर्थमन्त्रीले जनतालाई निराशको वातावरण ल्याएको थापाको भनाइ छ । गण्डकी प्रदेशलाई केन्द्रीय सरकारले कुनै किसीमका राष्ट्रिय गौरवका आयोजनाका लागी कुनै व्यवस्था नगरेको आरोप थापाले लगाए ।
अहिलेको कम्युनिष्ट सरकारले जनतालाई चुनावका वेला गरेका वाचा पुरा गर्न नसकेको चर्चा गर्दै जनता समक्ष गरेका बाचा पुरा गर्न नसक्ने सरकारले आफ्नो ठाउँ छोड्न समेत उनले आग्रह गरे । बहुल जाती भाषा धर्म भएको मुलुकमा संघियताले धान्न नसक्ने हुनाले संघीयताले गरिब जनताको ढाड सेकिएको थापाको भनाइ रहेको छ ।
कार्यक्रममा सम्पुर्ण सहकारीहरुको तर्फबाट हुग्दिशिर उद्यमशिल कृषि सहकारी संस्थाका अध्यक्ष्य मनिशा ढकाल, संस्थाका सल्लाहकारहरुको तर्फबाट संस्थाका सल्लाहकार चित्र थापा, सम्पुर्ण शैक्षिक संस्थाको तर्फबाट सर्वोदय क्याम्पसका क्याम्पस प्रमुख फुलकुमारी शर्मा आर्चाय,लेखा समिति सयोजक ठगराज शर्मा,बरेङ गाउँपालिकाको सम्पुर्ण वडा अध्यक्षहरुको तर्फबाट वडा नम्वर १ का अध्यक्ष नरशिंह पुन, जैमिनी नगरपालिका वडा नम्वर १० राङखानीका नर बहादुर थापा, सस्थाका प्रवन्धक शेखर थापा, रेडियो विहानी ८९ मेघाहर्जका स्टेशन को–अर्डिनेटर प्रकाश छन्त्याल, सम्पुर्ण संघसस्थाको तर्फबाट बरेङ गाउँपालिका स्वास्थ्य प्रमुख पदम बहादुर पुन, बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुन, विद्यालय व्यवस्थापन समितिको तर्फबाट सर्वोदय माविका व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर पुन लगाएतले खुला सत्रमा सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जेष्ठ सदस्य कलाधर थापा, खेमराज पाध्या, मनिरत्न पाध्या, कुल बहादुर पुन, लाल बहादुर श्रेष्ठ, धनकला पौडेल, चुडामणी पौडेल, डिल बहादुर थापा, चन्द बहादुर पुन, देविदत्त पाध्या, टिकाराम उपाध्या, कुल बहादुर क्षेत्री, लिल बहादुर थापा, मन बहादुर सुनार, तुल बहादुर थापा लगाएत १६ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा उत्कृष्ट दैनिक बचतकर्ता, नियमित बचत कर्ता, नियमित कर्जा गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, दान बहादुर थापाको स्वागत मन्तव्य र मिन बहादुर पुनको संचालनमा खुला सत्र सम्पन्न भएको थियो ।
त्यस्तै बन्द शत्रमा संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनले आर्थिक वर्ष २०७४÷०७५ सालको प्रगति प्रतिवेदन , कोषध्याक्ष पुर्ण प्रकाश पौडेलले प्रतावित आय व्यय विवरण प्रतुत गरेका थिए भने, संस्थाका सचिव विमल प्रसाद पौडेलले आगामी योजनाको बारेमा प्रष्ट पारेका थिए ।
संस्थामा हाल ९ सय ४४ सेयर सदस्यहरु रहेका छन । हाल संस्थाले १ करोड ५८ लाख ६३ हजार ४ करोड ९२ लाख १ हजार २ सय ३ रुपयाँ लगानी गरीएको छ ।