शव्द/चित्र : किरण आचार्य
बागलुङ २०७५ असोज २८ । बागलुङ कारागारमा रहेका कैदी बन्दीहरुले बुनेका (उत्पादन) मुढाहरु अति सुन्दर एवं मनोहर मात्र नभएर त्यत्तिकै बलिया पनि छन् । कैदी बन्दीहरुले आफ्नो सीप प्रयोग गरेर निकै मिहिनेतपूर्वक उत्पादन गरेका विभिन्न प्रकार र साईजका मुढाहरुको कारागार भित्र चाङ देख्न सकिन्छ । विभिन्न कारणवस थुनुवा जीवन बिताउन बाध्य कैदी बन्दीहरुले तयार पारेका मुढाहरुले समुचित बजार पाएको अवस्था भने छैन ।
कारागारमा कस्ता र कुन साईजका मुढाहरु बन्छन भनेर हामीले कारागारका निमित्त कार्यालय प्रमुख – नासुजेलर) दीपक सापकोटालाई सोधेका थियौँ उनको जवाफ थियो, राउण्ड टेबल नै बनाउ छन् र बीस पच्चिस हजार मुल्यमा बिक्री गर्छन । राउण्ड टेबल भने अर्डर आएमात्र बनायने गछैन् । साना मुढाहरु भने साईज हेरेर रु ४ देखी माथी मुल्यमा विक्री गर्दै आएका छन् । तर यहाँ उत्पादित मुढाहरुको दाम पर्वत कारागारमा उत्पादन गरिने मुढाहरुको भन्दा बढी भएकोले त्यति बजार पाउन सकेको छैन ।
यसै सन्दर्भमा हामीले कारागारका चौकिदार सूर्य नेपालीसंग सम्पर्क स्थापित गर्दा उनले मुढाले बजार नपाउदा समस्या परेको बताए । थुप्रै मुढाहरु छन् बिक्री नभएर त्यत्तिकै रहेका छन्, यसले बजार पाए दशैँमा घरखर्च पठाउन हुन्थ्यो भनेर मुढा बुन्नेहरुको दुखेसो छ भनी ईबागलुङलाई बताए ।
कसै कसैले त बुर्तिवाङ तिर पठाएर विक्री गर्दै आएका छन् तर धेरै जसो विक्री नभएर थन्किएका छन् । समस्या यहाँको माल राम्रो र बलियो छ तर पर्वतमा बनाएका मुढाहरु सस्तोमा पाएपछी यहाँका मुढाहरुले बजार पाउन सकेको छैन ।
चौकिदार नेपालीले कारागारमा रहेका महिलाहरुले पनि फुर्सदको समयमा जुराफ, स्वीटर, टोपीहरु बुन्ने गरेको बताउदै महिलाहरुले खासगरी अर्डर आएमात्र बनाउने गरेको उनको भनाई थियो । उद्योगी व्यापारीहरुसंगको समन्वयमा यी मुढाहरु विक्रि गर्ने व्यवस्था भए कैदी बन्दीहरुलाई निकै राहतहुने उनको भनाई थियो ।
निमित्त कारागार प्रमुख नासु दीपक शर्मा (बायाँ) र चौकिदार सूर्य नेपाली (दायाँ)
निमित्त कार्यालय प्रमुख शर्माका अनुसार अहिले कारागारमा रहेका कैदी बन्दीहरुको संख्या महिला १२ र पुरुष ७६ जना गरी ८८ जना रहेको छ, जस्मा पुरुष तर्फ कैदी ५० र थुनुवा २६ जना रहेका छन भने महिला तर्फ कैद भुक्तान गरिरहेका ८ जना र थुनुवा जीवन बिताई रहेका ४ जना रहेका छन् । पछिल्लो समय कारागारमा रहेका दुई महिलाहरुकोे कोखबाट ७ महिना पहिले एक बालक र केहि दिन पहिले एक शिशु बालिका को जन्म भएकोले कारागारमा ९० जना रहेका छन् । क्षमता भन्दा चौबर बढी कैदीबन्दीहरुले सास्तीपूर्वक जीवन बिताईरहेको कारागार मध्य बागलुङ कारागार पनि एक हो
।
खुल्ला कारागारको अवधारणा कार्यान्वयमा आएपछी कैदी बन्दीहरुको जीवनमा सुधार आउने विश्वास गरिएको छ । यहाँको कारागार ज्यादै पुरानो र साँघुरो भएकोले कैदी बन्दीहरुले निकै समस्या झेल्दै आएका छन् । कारागारमा बलिया र राम्रा मुढाहरु बनेको देख्दा सुधारगृहको झल्को मिले पनि विक्री नहुँदाको समस्या समाधानमा सरोकारवाला निकायले यसको व्यवस्थापनमा चासो दिनु आवश्यक देखिन्छ । चार पर्खाल भित्र उकुस मुकुस जीवन विताईरहेका यहाँका कैदी थुनुवाहरुलाई खानेपानी देखी वर्षातमा ओत र अघिपछी सुत्नलाई समेत समस्या रहेको चर्चा परिचर्चा बाहिर आउदा केहि नमिठो लाग्नु स्वभाविकै हो ।