Sorry, that menu does not exist.
 

ताराखोला सामुदायिक संचार सस्थाको अधिबेशन सम्पन्न : सामुदायक रेिडयाे सन्चालन गर्ने तयारी

पूर्ण भद्र निउरे, ताराखोला २०७५ असाेज २९ । ताराखोला सामुदायिक सन्चार सस्था को प्रथम साधारणसभा तथा प्रथम अधिबेशन आइर्चवार ताराखोलामा सम्पन्न भएको छ । अधिबेशनले पुनः रबिन घर्तीको अध्यक्षता १ सदस्य पछि थप गर्ने गरि ११ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । सस्थाको उपाध्यक्षमा खडक कार्की, सचिबमा कृष्ण कडेल, कोषाध्यक्षमा सुनकली रोका र सहसचिवमा हेमन्त बि क रहेका छन् । सदस्यहरुमा दुर्गा बगाले, चन्द्र कुमार नाइसा, सुमित्रा सुनार, विवेक परियार रहेका छन।

त्यसै गरि नइन्द्र गुरुङको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती र पूर्णलाल ढकालको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती पनि गठन गरेको छ । सल्लाहकार सदस्यहरुमा सुर्य बहादुर घर्ती , डम्मर थापा, पूर्ण भद्र निउरे खगेन्द्र बि क र लेखा समिती सदस्य मा नेत्र घर्ती, कुमार रोका चयन भएका छन ।

साधारणसभामा बोल्दै ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिल कुमारी पुन रोकाले ताराखोलाको समृद्धिका लागि सन्चार माध्यमको भुमिका महत्वपूर्ण हुने भन्दै सन्चार सस्था द्वारा स्थापना हुन लागेको सामुदायिक रेडियोको लागि ताराखोला गाउँपालिकाबाट भरपुर सहयोग रहने बताइन।

साधारणसभाले सचिब डम्मरबहादुर थापाले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष सुनकली रोकाले प्रस्तुत गरेको १२ लाख १० हजार ४ सय बराबरको आर्थिक प्रतिबेदन सर्बसम्मत रुपमा पारित गरेको छ ।

कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष डिल बहादुर बस्नेत , वडा न २ का अध्यक्ष भद्र बहादुर घर्ती ,ने क पा का प्रतिनिधि टेक बहादुर के सि जनप्रेम मा बि अ्मर भुमी का प्र अ नइन्द्र बहादुर गुरुङ , सल्लाहकार सदस्यहरु सुर्य बहादुर घर्ती , खगेन्द्र बिश्वकर्मा , खडक बहादुर कार्की , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सूचनाको हक, जवाफदेता, आर्थिक पारदर्शीता र सुशासन मार्फत समृद्धि भन्ने मुल लक्ष्यका साथ २०७४ साल माघमा सस्था स्थापना भै ताराखोला गाउपालिकामा सन्चार सङ्ग सम्बन्धित कार्यक्रम सन्चालन गर्दै आयको सस्थाले निकट भबिस्यमै ताराखोला गाउँपालिकामा सामुदायिक रेडियो स्थापना गर्ने गरि कार्य अगाडि बढाइ रहेको छ ।

कार्यक्रम ताराखोला सामुदायिक संचार सस्थाका अध्यक्ष रबिन घर्तीको अध्यक्षता सचिब डम्मर बहादुर थापाको संचालन र उपाध्यक्ष कृष्ण कडेलको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply