Sorry, that menu does not exist.
 

खड्ग जयन्ती युवा क्लब बडीगाड ७ गावकाे ७ अाैँ बार्षिककाेत्सव अाज समापन हुँदै

विमल खड्का, बडीगाड २०७५ असाेज ३१ । समाज परिवर्तनका लागि युवाकाे पहल भन्ने मुल नाराका खड्ग जयन्ती युवा क्लब बडिगाड ७ गावले अाफ्नाे ७ अाैँ बार्षिककाेत्सव एक कार्यक्रमका बीच उद्घाटन गरएकाे छ ।

उद्घाटन कार्यक्रममा बाेल्दै प्रमुख अतिथि बडीगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले गाउँपालिका भित्र लाेप हुन लागेका परम्परालाई पहिचान गरेर डिपिअार तयार पारि त्यसकाे संरक्षण गरि अगाडि बढ्ने बताएका छन् ।

स्थानीय स्तरमा गठन भएका क्लवले बर्षकाे एक समय मात्रै कार्यक्रम गरेर नहुने भन्दै समाजिक उत्तरदायीत्व बाेध हुने खालका कार्यक्रम ल्यानुपर्ने बताएका हुन् ।

सरकारले अालु जाेन कार्यक्रम बागलुङमा पनि लिएकाे भन्दै उत्पादनलाई गाउँपालिकाले प्राथमिक रुपमा अगाडि बढाउने याेजना रहेकाे बताए ।

गाउँपालिका भित्र रहेका तुरतुरे ताल, थामचाैर , चमेराे गुफा लगाएको डिपिअार तयार हुँदै गरेकाे भन्दै त्यसकाे संरक्षणमा गाउँपालिकालाई स्थानीयले सहयाेग गर्नुपर्ने धारणा राखेका िथए ।

कार्यक्रममा बडिगाड गाउँपालिका -७ का वडा अध्यक्ष कृष्ण गुरुङ , ६ का वडा अध्यक्ष माैसमकाजी क्षेत्री, नेपाल शिक्षक संगठनका जिल्ला सचिव कृष्ण भट्टराई ,अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष जीत बहादुर थापा , नेपाल कमन्युिष्ट पार्टी( नेकपा) दिपक रायमाझी ,नेपाली काँग्रेसका प्रतिनिधि हेमराज चालिसे लगाएतले कार्यक्रम शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम खड्ग जयन्ती युवा क्लबका अध्यक्ष डिल बहादुर केसीकाे अध्यक्ष्ाता क्लवका सचिव बिमल खड्काको स्वागत र कार्यक्रम संयाेजक दिनेश शर्माकाे संचालनमा सम्पन्न भएकाे थियाे । कल्वले अायाेजना पुरुष भलिवल प्रतियोगिता अाज पनि जारी रहेकाे छ । अाज क्लवले अायाेजना गरेकाे कार्यक्रमकाे समापन हने जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply