Sorry, that menu does not exist.
 

एकादशीका दिन गुल्मी पौँदीमा नाँचिने ऐतिहासिक सरायँ नाँच प्रति युवा पुस्ता आकर्षित !

कौरव खत्री, गुल्मी २०७५ कात्तिक ४ । गुल्मीको मुिसकोट नगरपालिका १ को पौँदीअमराईको छत्रकोटमा एकादशीमा परम्परागत सरायँ नाँच सम्पन्न भएको छ । परम्परागत रुपमा छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदी अमराई गुल्मीले एकादशीको दिन सरायँ नाँचको संरक्षण र प्रर्वद्धन गर्न निरन्तर रुपमा सरायँ नाँच सञ्चालन गर्दै आइरहेको छ ।

सराय नाचलाई व्यवस्थित गरि जोगाउन छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीले विगतका बर्षहरुमा जस्तै पछिल्लो समयमा विस्तारै लोप हुँदै गईरहेको सराय नाचप्रति युवा पुस्ताको ध्यानाकर्षण गर्ने तथा हाम्रो संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने उद्धेश्यका साथ एकादशीको दिन परम्परागत सरायँ नाँच सञ्चालन गदै आइरहेको छत्रभूमि संरक्षण विकास प्रतिष्ठान पौदीअमराई गुल्मीका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।

साथै हाम्रो बडा दशैँसँग जोडिएको सरायँ नाँचको आफ्नै साँस्कृतिक विशेषता र महत्व रहकोले सरायँ नाँच रामायण र महाभारतसँग जोडिएको हुदा विजय उत्सव स्वरुपका रुपमा सरायँ नाँच खेलिने गरेको छत्रकोटमा भने १७८५ मा कोट स्थापनापछि एकादशीको दिन निरन्तर रुपमा सराय नाँच सञ्चालन हुदै आएकाले पौदीको एकादशीको सरायँ नाचमा टाढा टाढाबाट समेत नाच्न आउने गरेको नेपाल राष्ट्रि«य सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जीवी थापाले ईबागलुङलाई बताए ।

यस्तै दशैको भोलिपल्ट अर्थात एकादशीको दिन निरन्तर रुपमा सञ्चालन हुदै आएको सरायँ नाचमा पछिल्लो समयमा आएर सरायँ नाँचप्रति युवा पुस्ताहरुमा पुस्तान्तरण हुदै गएको र सरायप्रतिको सिको हुन थालेको सराय नाचमा सहभागी भएका इश्मा गाँउपालिका ४ का मान बहादुर घर्तीले बताए । सरायँ नाँचमा गुल्मी र बाग्लुङ्गबाट एक दर्जन भन्दा बढि वडाहरुबाट हजारौ दर्शकहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply